बिवादमा रहेको गुठी बिधेयक सरकारले फिर्ता लियो

भक्तपुर न्यूज

३ असार २०७६ ११:२४

बिवादमा रहेको गुठी बिधेयक सरकारले फिर्ता लियो

काठमाडौं । भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलन मार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ।

यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो। प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलनबाट गुठी विधेयकबारे बोल्ने अपेक्षा गरिएको भए पनि निर्धारित पत्रकार सम्मेलनभन्दा एक घन्टाअघि नै भूमिसुधारमन्त्री अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्।

प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *