गुठी विधेयक खारेजीको माग गर्दै मध्यपुर थिमिमा मसाल जुलुस प्रदर्शन (भिडियोसहित)

भक्तपुर न्यूज

१ असार २०७६ १३:१५

गुठी विधेयक खारेजीको माग गर्दै मध्यपुर थिमिमा मसाल जुलुस प्रदर्शन (भिडियोसहित)

भक्तपुर । चर्चा रहेको गुठी विधेयकको बिरोधमा आज भक्तपुरको मध्यपुर थिमिमा पनि स्थानीय आन्दोलित भएका छन् ।

मध्यपुर थिमिको बहाखा बजारदेखि शंखधर चोकसम्म मसाल जुलश प्रर्दशन गरिएको हो ।

स्थानीय गुठीयारको अगुवाईमा भएको जुलुस प्रर्दशनीमा सहभागी हुन भक्तपुर र मध्यपुर थिमिका विभिन्न स्थानबाट हजारौं सहभागी सडकमा उत्रिएका थिए ।

उनीहरुले धर्म संस्कृति मास्न पाँइदैन, गुठी बिधेयक फिर्ता गर जस्ता नारा लगाउँदै जुलुसमा सहभागि भएका थिए ।

त्यस्तै आजै भक्तपुरको टौमढीमा समेत गुठी बिधेयकको बिरुद्धमा विरोध सभा गरिएको छ ।

प्रकाशित मितिः २०७६ असार १ आइतबा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *