गुठी बिधेयकको बिरोधमा यस्तो रह्यो भक्तपुरमा बिरोध र्याली
भक्तपुर । सरकारले ल्याउन लागेको गुठी बिधेयकको बिरोधमा आज भक्तपुरमा बिरोध र्याली निकालेको छ ।
गुठी संरक्षण समिति भक्तपुरले आह्वान गरेको बिरोध र्याली भक्तपुरको दुधपाटी हुँदै नगरका विभिन्न भागको परिक्रमा गरि दतात्रय मन्दिरमा गई कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने बक्ताहरुले गुठी विधेयक धर्म संस्कृति र परम्परा माथि नै प्रहार हुन लागेको भन्दै उक्त विधेयक सरकारलाई फिर्ता लिन आग्रह गरेका छन् ।
भक्तपुरमा विधेयकका बारे जसरी चर्चा गरिएको छ त्यो भन्दा भिन्न रहेको भन्दै कोणसभामा बोल्ने बक्ताहरुले निजी गुठी पनि सरकारको मातहतमा जाने र यसले गुठीको सम्पूर्ण सम्पत्तिको भोगचलन समेत सरकारले गर्ने र गुठीयारहरु मर्कामा पर्ने बताएका छन् । गुठीयारहरुले उक्त सम्पत्तिबाट आम्दानी हुने २५ प्रतिशत सम्पत्तिको भोगचलनको अधिकार पाउने र बाँकी ७५ प्रतिशत सरकारले भोगचलन गर्ने उनीहरुले बताएका छन् ।
भक्तपुरको प्रमुख जात्राका रुपमा परिचित बिस्का जात्रा लगायत अन्य जात्राहरु समेत यो विधेयकले प्रभावित पार्ने उनीहरुले बताए ।
यो विधेयक पारित भएमा भक्तपृुरको प्रमुख लगायत अन्य जात्राहरु समेत प्रभावित हुने र यसको विषयमा भावी दिनमा सोच्न नसकिने उनीहरुको भनाई रहेको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार