थिमि नपाका प्रमुखको मनपरिकै कारण उपभोक्ता समिति ऋणमा

भक्तपुर न्यूज

३२ जेठ २०७६ ५:२६

थिमि  नपाका प्रमुखको मनपरिकै कारण उपभोक्ता समिति ऋणमा

थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले एकलौटीरुपमा आर्थिक अपरादर्शी हुने गरि आफ्नो वडाको मात्र बिकासलाई प्रथामिकता दिएको मध्यपुर नगरपालिकाका उपप्रमुख अन्जना देवी मध्यकर्मीले आरोप लगाएकी छन् ।

नगरपालिकाको कार्यपालिका बठैकमा कुनै पनि छलफल नगरि एकलौटीरुपमा लागत स्टमेट नगरि हचुवाको भरमा उपभोक्ता समुह मार्फत बिकासका गतिबिधि अघि बढाइरहेको मध्यकर्मीले बताईन् ।

थिमि स्थित् दुई पोखरी यसको उदाहरण बनेको छ । दुई पोखरी उपभोक्ता समितिका पदाधिकारीहरु नियमित जसो भुक्तानि लिन नगरपालिका धाउने गरेको उपभोक्ता समितिका पदाधिकारीहर बताउँछन् ।

बिस्का जात्रा अघिनै दुइ पोखरीमा पानी भर्ने पहिलो चरणको काम प्रमुखको आदेशम सकिएता पनि उपभोक्ता समितिको भित्रि ब्यथा ब्यग्लै रहेको छ । प्रमुखको आदेशमा ५० लाखको स्टिमेट गरि काम शुरु गरिएता पनि १५ लाख भुक्तानि लिएर काम शुरु गरेका थिए । नगर प्रमुख र तत्कालिन कार्यकारी अधिकृत कमल ज्ञवाली बीच विवाद उत्पन्न भएपछि उपभोक्ता समितिले बाँकि रकम पाउन नसकेको उपभोक्ता समितिका सचिब सरु श्रेष्ठले बताए ।
प्रमुखकै आदेशमा उपभोक्ता समितिका सदस्यहरुले मेयरकै सहयोगमा वसला बचत तथा ऋण सहकारी संस्थाबाट १५ लाख ऋण लिई नपुग अन्य बिभिन्न ब्यक्ति र सहकारीबाटै ऋण लिएर ४५ लाख खर्च पश्चात उक्त पोखरीमा मर्मत गर्ने र पानी हाल्ने काम बिस्का जात्राकै समयमा सकिएको थियो । यसरी ऋण लिएर गरेको काममको ब्याज तिर्न हम्मे हम्मे परेको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ,

उक्त पोखरीमा पानी हाल्ने र मर्मत गर्ने काममा हाल सम्म ६२ लाख खर्च भइसकेको उपभोक्ता समितिले जनाएको छ । हालसम्म उक्त पोखरी मर्मत र पानी भर्ने कामको स्टमेट लागत तयार नहुँदा नगरपालिकाले भुक्तानी दिन समस्या परेको नगरपालिकाले जनाएको छ ।

हचुवाको भरमा शुरुवाती चरणमा ५० लाख लागत लाग्ने जनाइएता पनि लागत स्टमेट तयार नहुनु र हाल लागतमा बढी निकिल्यपछि झनै समस्या बल्झिएको हो ।

मध्यकर्मी भन्छन् एकलौटि र हचुवाको भरमा प्रमुखले बिकासका काममा मनपरि गर्दा समस्या सुल्झने भन्दा पनि बल्झनेक्रम बढ्दो छ भने उपभोक्ताहरुले समेत सास्ती खेप्नु परेको छ ।

यता नपाका प्रमुख श्रेष्ठ भन्छन्, आफूसँग आर्थिक अधिकार नभएको र तत्कालिन अवस्थामा कार्यकारी नहुँदा उपभोक्ता समितिलाई ऋण उपलब्ध गराएर काम गरेको बताउँछन् । नपा भित्र आर्थिक बिवाद जारी रहेता पनि जसरी उपभोक्ता समितिले ऋण लिएर बिकासको काम सम्पन्न गरे यसालई नियाल्दा उक्त उपभोक्ता समितिलार्य प्रोत्सान स्वरुप पुरष्कृत गर्नु पर्ने बताए ।

उनले भने वडा चारको बालकुमारी मन्दिर,तीन धारा, वडा नं ९ को पाईप बिछ्याउने ढल निमार्णको काम र वडा नं ६ मा पनि बिकास निमार्णको कामहरु उपभोक्ता समितिले ऋण लिएरै काम गरेको श्रेष्ठले बताए ।

प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *