आज विश्व रक्तदाता दिवस मनाइँदै

भक्तपुर न्यूज

३१ जेठ २०७६ ४:५९

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने नाराकासाथ यो वर्ष विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदैछ ।

दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, प्रभातफेरीलगायतका सचेतनामूलक कार्यक्रम गर्दैछन् । मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ । नेपालमा पहिलोपटक समाजसेवी दयावीरसिंह कंशाकारले रक्तदान गरेका थिए ।

केन्द्रीय रक्तसञ्चार सेवाको तथ्यांक अनुसार दैनिक २५० युनिट रगतको आवश्यकता पर्छ । हाल केन्द्रमा दुईसय युनिट मात्र रगत संकलन भइरहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्यांक अनुसार दैनिक ५० युनिट रगत अभाव भइरहेको छ । तथ्यांक अनुसार नेपालका ७७ जिल्लाबाट १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ ।

काशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *