पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

भक्तपुर न्यूज

२९ जेठ २०७६ ४:४३

पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै आएको नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

यस अघि बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष निकाल्दै महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

सरकारले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राखेर गरिएको दुई चरणको आन्दोलन सकेर महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा मध्यान्हमै लाल्टिन जुलुस निकाल्नेदेखि लिएर सिटी जुलुससम्मका आन्दोलनका कार्यक्रमहरू समावेश गरिएको छ

महासंघले तेश्रो चरणको देहायबमोजिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ :–

क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।
ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई क्ःक् मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
च) असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।
छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।
(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने र आवश्यकताअनुसार कार्यक्रमलाई थपघट र परिमार्जित गरिने छ)

प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *