भक्तपुर नगरपालिकाले धितो राखेर ३५ जना विद्यार्थीलाई ऋण दियो

भक्तपुर न्यूज

२८ जेठ २०७६ ५:४८

भक्तपुर नगरपालिकाले धितो राखेर ३५ जना विद्यार्थीलाई ऋण दियो

भक्तपुर । प्रमाणपत्र धितो राखेर भक्तपुर नगरपालिकाले ३५ जना विद्यार्थीलाई ऋण दिएको छ । सरकारले २०७५र७६ को बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने योजनालाई अघि सारेको थियो। सोही अनुसार ती संख्याका विद्यार्थीलाई नगरपालिकाले ऋण दिएको हो ।

युवाहरुलाई उद्ययमशील बनाएर बेरोजगारीको दर घटाउने र राष्टिय उत्पादन बढाउने उद्देश्यले ऋण दिने व्यवस्थालाई अघि सारिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले २०७५ र ७६ को बजेट र योजना अनुसार नै काम भइरहेको बताएका छन् । उनका अनुसार, विद्यार्थीको अधययनलाई निरन्तरता दिनका लागि २०७५ को बजेट विनियोजनबाटै ऋण वितरणको काम सञ्चालन हुँदै आएको छ।

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले यही जेठ २६ बाट भक्तपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यार्थीलाई शैक्षिक ऋण वितरणको काम सुरु गरेको छ। नगरपालिकाले ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको हो।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतिले विद्यार्थीलाई ऋण सँगै उच्च शिक्षाको लागि छात्रावृत्ति समेत वितरण गर्ने बताए। उनका अनुसार, एमबीबीएस पढ्ने दुई विद्यार्थीको उच्च शिक्षाको लागि पूर्ण छात्रावृत्ति समेत दिइने भएको छ।

प्रमुख प्रजापतीका अनुसार ऋण लिएर अध्ययन गरेका विद्यार्थीले अध्ययन प्ररा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा सबै ऋण चुक्ता गर्नुपर्ने छ।

नगरपालिकाले भूगोल, इतिहास, नेपाली भाषा, संस्कृति पढ्ने विद्यार्थीलाई अझ आकर्षित गर्नका लागि अन्य छात्रावृत्तिको व्यवस्था समेत गर्दै आएको छ।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय