कमलबिनायकबाट ६ जुवाडे पक्राउ
भक्तपुर । भक्तपुरको कमलबिनायकमा रहेको एक खाजा पसलबाट अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
रामेछाप चुनापट्टी गाउँपालिका—४ घर भई हाल भक्तपुर कमलबिनायकमा खाजा पसल सञ्चालन गरेका ४९ वर्षीय डम्बर बहादुर लामासहित ६ जनालाई लामाको पसलबाट प्रहरीले पक्राउ गरेको हो ।
आइतबार साँझ उनीहरुको साथबाट नगद ६ हजार २ सय ९० रुपैयाँ र १ बुक तास प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
