राजनीति शासकका लागि मात्र होइन : पोप फ्रान्सिस
काठमाडौं । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले बताएका छन्।
राजनीति सबैको सम्लग्नताका लागि भएको उनको तर्क थियो। “हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन,” उनले भने। “ जसरी ‘शहर’लाई ठीक अवस्थामा राख्न हामी सबै जिम्मेवार रहनुपर्छ र राजनीतिमा पनि केही हदसम्म त्यही ठीक हो र हामी सबैले शान्तिका लागि काम गर्नुपर्छ ।”
पोपले ५२ औँ विश्व शान्ति दिवसका अवसरमा सेन्ट पिटर्स स्क्वाएरमा गरेको सम्बोधनमा नागरिकले राजनीति शासकको हो उनीहरूले नै समाज विकास र शान्तिका लागि काम गर्नुपर्छ भनेका थिए।
शासकले गर्ने राजनीतिको हिस्सा जनताले लिने र सही निर्णयका लागि अग्रसर हुनुपर्ने उनको भनाइ थियो । पोप पाउल छैठौँले जनवरी १ लाई विश्व शान्ति दिवसका रूपमा घोणणा गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७५ पुष १८ बुधबार