भक्तपुरको ब्यवसायमा आमूल परिवर्तन : मानन्धर

भक्तपुर न्यूज

१७ साउन २०७५ ६:३९

भक्तपुरको ब्यवसायमा आमूल परिवर्तन : मानन्धर

भक्तपुर कला संस्कृति र सम्पदाको खुल्ला बिश्वबिद्यालय त छँदै छ, यहाँ प्रचुर मात्रामा उद्योग ब्यवसायको पनि सम्भावना रहेको छ । पछिल्लो समय भक्तपुरमा साना उद्योगहरु फष्टाउने क्रम बढ्दो छ । सरकारले हस्तकला तथा घरेलु उद्योगहरुलाई प्रर्वद्धनमा भूमिका खेल्ने भनेता पनि भक्तपुरको हकमा भने त्यसो हुन सकेको देखिँदैन । उद्योग बाणिज्य संघ भक्तपुर, भक्तपुर निर्माण सामाग्री ब्यापार संघ, एशिया प्रशान्त उद्योग बाणिज्य परिसंघ, नेपाल निर्माण सामाग्री ब्यापार महासंघ लगायत दर्जनौं संस्थामा आवद्ध रहेर अनुभव संगाली सकेका र भक्तपुरमा मानन्धर हार्डवेयर सञ्चालन गरिरहको सफल उद्योगी ब्यवसायी शिव मानन्धरसँग भक्तपुरन्युज डटकमले गरेको कुराकानीको सारसंक्षेप ।

कसरी दिन बिताई राख्नु भएको छ ?

– सामान्य तया आफ्नो ब्यापार ब्यवसायमै दिनहरु बिति रहेको छ भने खाली समयमा समाज सेवाको कामलाई पनि निरन्तरता दिइरहेको छु । भनौ, समय फुर्सदिलोसँगै ब्यस्तै छ ।

भक्तपुरमा उद्योगी ब्यवसायीको अवस्था कस्तो छ ?

– बिगतमा भन्दा भक्तपुरमा हाल आएर ब्यापार ब्यवसायमा परिवर्तन देखिएको छ । तिब्र शहरिकरण र भौतिक बिकासले परि भक्तपुरको ब्यवसायमा आमूल परिवर्तन देखिएको छ । कुनै पनि बस्तुको खरिदमा सहजता छ भने बिभिन्न खालका साना तथा ठूला उद्योगको अवस्थामा पनि बिस्तारै सुधारको क्रममा रहेको छ । बिशेष त भक्तपुरमा पर्यटन क्षत्रेमा सफल रहेको देखिन्छ भने पर्यटकहरुको आगमनसँगै होटेलहरु खुल्ने क्रम पनि जारी छ । सँगै भक्तपुरमा आन्तरिक र बाह्रय पर्यटकको आगमनले सकारात्मक सन्देशको प्रवाह गरेको छ । भन्नु पर्दा भक्तपुरमा गरिएका हरेक ब्यवसायको अवस्था राम्रै रहेको छ ।

भूकम्प पश्चात हार्डवेयर व्यवसायको अवस्था कस्तो छ ?

– भूकम्प पश्चात भक्तपुरमा हार्डवेयर ब्यवसायको अवस्था राम्रो रहेको छ । तिव्र भवन निर्माण जारी रहेकाले ब्यवसाय राम्रो हुनुका साथै पसलहरु पनि खुल्ने क्रम अधिक र जारी छ । सम्रगमा यो ब्यवसायलाई प्रर्वद्धनको प्रमुख कारण, छ लेन सडक र बिपि राजमार्गको पहुँच नै पहिलो हो जस्तो लाग्छ । किन कि पछिल्लो समय भक्तपुरमा सानो घडेरी किनेर भए पनि भवन निर्माण गर्ने संख्या बढ्नुमा भक्तपुर बासका लागि उपयुक्त स्थल हुनु नै हो जस्तो लाग्छ ।

भक्तपुरमा उद्योगको अवस्था कस्तो छ ?

– भक्तपुरमा जनसंख्या बृद्धि र बिकाससँगै बिभिन्न खालका उद्योगहरु सञ्चालनमा आएका छन् । सबैको अवस्था राम्रै रहेको छ । भक्तपुरमा उत्पादन हुने साना घरेलु उत्पादनको संरक्षण र प्रर्वद्धनमा स्थानीय सरकारको तत्परता भईदियो भने अझैं प्रभावकारी हुने थियो । समग्रतामा भन्नु पर्दा भक्तपुरमा कृषि उद्योग होस्, वा इट्टा उद्योग, कुखुरा उद्योग, हस्तकला निर्मित सामानहरुको उद्योग, चिउरा उद्योग लगायत खुलेको बिभिन्न उद्योगहरुको अवस्था राम्रै रहेको छ ।

ब्यवसाय गर्दा र उद्योग सञ्चालन गर्दा कस्ता खालका समस्या बढी भोग्नु पर्ने हुन्छ ?

– सरकारको दुरगामी सोचको अभावमा नेपालका उद्योगी ब्यवसायीहरु पिल्सनु परेको छ । अल्पकालिन योजनाकै कारण उद्योगी र ब्यवसायी पिल्सनु परेको छ । रोजगारीको अवसर जुर्टाउने र नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने यो क्षेत्रका लागि सरकारले पनि दिर्घकालिन नीति र लगानी सुरक्षित हुने खालको वातावरण श्रृजना गरिदिए सामान्यतया समस्याको सम्बोधन हुने थियो कि । साथै समस्या नभएको त कुनै क्षेत्र नै हुँदैन त्यसैले समस्यासँग जुध्दै अगाडी बढ्नु नै सफलता हात पार्ने अवसर हो । नेपालमा रोजगारको अवसर भएता पनि बिदेश जानेको लर्कोकै कारण कामदारको अभाव समेत झेल्नु परेको छ ।

सफल ब्यवसायी बन्न के गर्नु पर्छ ?

– व्यवसायमा इमान्दारिता हुनु पर्छ । दुरगामी सोचका साथ आफ्नो कर्मलाई निरन्तरता दिनु पर्छ । समयको माग अनुरुप ब्यवसायलाई बिस्तार गर्नु पर्छ । सेवाग्राहीको बिविध अवस्थालाई ध्यान दिँदै ब्यवसायमा प्रस्तुत् हुनु पर्छ । कुनै पनि ब्यवसायमा नबुझिकन हात हाल्नु ब्यवसाय असफलताको कारण बन्न सक्छ । त्यसैले बुझौं अनुभव सँगालौ अनि ब्यवसायमा लागौं, नत्र आफ्नो लगानी डुब्न सक्छ । म सफल हुनुमा मेरो ब्यवसायप्रतिको रुची अनुभव र कर्मका साथै सबै क्षेत्रको सहयोग नै हो जस्तो लाग्छ ।

अन्त्यमा ?

– व्यवसायलाई कर्म बनाएर जीवन निर्वाह गर्दै हुनुहुन्छ भने सोच बिचार गरेर मात्र यो क्षेत्रमा आउन आग्रह गर्दछु । त्यस्तै अस्वस्थ बजरको बिस्तारलाई नियन्त्रण गरि स्वच्छ बजारमा रुपान्तरण गर्न समेत म बिभिन्न क्षेत्रका ब्यवसायीहरुलाई आग्रह गर्दछु । ब्यवसायको सुरुवातमा सहयोग गर्ने पात्रहरुलाई भुल्ने काम गलत हो जस्तो लाग्छ । हामीकोमा गुण बिर्सने परम्पराको बिकास हुँदै छ यो पनि अर्को गलत पाटो हो जस्तो लाग्छ । नेपालमा ब्यापार ब्यवसाय गरि जीवन जोहो गर्नेहरुको फलिफाप होस् । सरकारले नेपाली उद्योग, ब्यापार ब्यवसायको प्रर्वद्धनमा अझै लाग्न सकोस् । आफ्नो भनाई राख्ने मौका दिनु भएकोमा भक्तपुरन्युज डटकमलाई धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *