पुर्खाको पुस्तक सदनमै खुशी छु : हाडा
पाँच दशक भन्दा लामो समयदेखि पुस्तक सदन भक्तपुरमा सञ्चालनमा रहेको छ । भक्तपुर दरवार क्षेत्रमा सञ्चालनमा रहेको यो पुस्तक पसल सबैको ध्यान तान्न सफल भएको छ । पुस्ता हस्तान्तरण हुँदै आज सम्म पनि पुस्तक पसल सञ्चालनमा रहेको छ । भक्तपुरमा पुस्तक अध्यनको अवस्था कस्तो रहेको छ, पुस्तक प्रतिको मोह बढ्नुको कारण के होला लगाएतका बिषयमा केन्द्रित रहेर पुस्तक सदनका सञ्चालक शिबओंम हाडासँग भक्तपुरन्युज डटकमले गरेको कुरोकानीको सारसंक्षेप ।
कस्तो चलिरहेको छ पुस्तक सदन ?
राम्रै छ बिगतको तुलनमा अध्यनको संस्कार बढेसँगै पुस्तकको माग पनि बढ्दो छ । पसलमै बसेर दिन चरिया बिताउने काम भईरहेको छ ।
कति समय भयो पुस्तक सदन सञ्चालन भएको ?
झन्डै पचास बर्ष अघि भक्तपुरमा पुस्तक पसलको अभाव रहेको बेला पिताले यो सदन सञ्चालनमा ल्याउनु भएको थियो । पछि यो पेशालाई निरन्तरता आफूले दिईरहेको छु । यो पेशामै जीवन यात्रा चलिरहेको छ ।
कस्तो अनुभव बटुल्नु भयो पुस्तका पसल सञ्चालन गर्दा ?
पुस्तक सञ्चालन गर्दा मिठो अनुभव बटुले जस्तो लाग्छ । ज्ञानको बाँडमा मेरो पनि भूमिका रहेको छ जस्तो लाग्छ । पुस्तक अध्ययनको संस्कारमा बृद्धि हुँदा पसल पनि राम्रै सञ्चालनमा रहेको छ । जीवन जोहोको साथै पुस्तक खरिद गर्न आउने ग्राहको मुहारमा खुशी देख्न पाउँदा आनन्द लाग्छ । जे भए पनि पुर्खाले सञ्चालनमा ल्याएको यो पुस्तक पसलको निरन्तरता जारी नै छ यसैमा खुशी छु ।
भक्तपुरमा पुस्तक अध्यनको वातावरण कस्तो छ जस्तो लाग्छ ?
अन्य स्थानको तुलनमा भक्तपुरमा पुस्तक अध्यनको वातावरण राम्रो जस्तो लाग्छ । भक्तपुरका बिभिन्न स्थानमा खुलेका सार्वजनिक पुस्तकालयले पनि यसको पुष्टि गर्छ । साथै पुस्तक पसलमा बिभिन्न खालका नयाँ पुस्तको खोजी गर्ने ग्रहाकहरुको आगमनले झनै खुसि लाग्छ । किशोर किशोरी युवा, युवती के बृद्ध के बृद्धा सबै बिभिन्न खालका पुस्तकको खोजीमा आउँने गरेकाले पनि पुस्तक अध्यन र खरिद सकारात्मक भए जस्तो लाग्छ ।
कस्ता खालका समस्याहरु आई लाग्छन् पसल सञ्चालन गर्दा ?
बिद्यालयका पुस्तक पुस्तिाकाहरु पहिलो पाटोमा पर्दछन् । यसमा समस्या नै समस्या छ । कोर्षका किताबहरु समयमै उपलब्ध नुहँदा बिभिन्न खालका समस्या भोग्नु पर्दछ । सबै एकै समयमा उपलब्ध गराउन पाए ग्रहाकहरु अनयत्र जाँदैन थिए भने सुबिधा पनि एक स्थानबाट प्रदान गर्न सकिन्थ्यो । अन्य बिधाका पुस्तक पनि प्रकाशन भएसँगै उपलब्ध नहुँदा ग्रहाकहरुको गुनासो सुन्नु पर्ने हुन्छ । समस्या त नभनौ सहजै पुस्तक खरिद बिक्रिको वातावरण तयारमा सदैव लागि परेका छौं ।
पुस्तक पसलमा कतिको लाभ छ ?
लाभ न्यून रहेको छ । पछिल्लो समया भक्तपुरमा पुस्तक पसलमा अत्याधिक मात्रामा प्रतिश्प्रर्धा रहेको छ । तर पनि इमान्दार पूर्वक सञ्चालनमा रहेको यो पुस्तक सदनले आपूm र आफ्नो परिवारका लागि पुग्ने अर्थ उपलब्ध गराई रहेको छ । पुस्तक सदन मुनाफाको हिसावले भन्दा पनि पुर्खाको नासो सम्झेर सञ्चालन गरिरहेको छु ।
पुस्तक खरिद गर्न आउने ग्रहाकलाई के भन्न चाहानु हुन्छ ?
तपाँइहरुको सेवामा हामी निरन्तर लागि परेका छौं । बिगत होस् वा वर्तमान वा भबिष्य सदैब तपाँइहरुको सेवामा उपलब्ध हुने छौं । तपाँईहरुको सन्तुष्टि नै हाम्रो सेवा भएकाले सेवाको मौका प्रदान गर्न म आग्रह गर्दछु ।
अनत्यमा ?
भक्तपुरमा प्रतिश्प्रधात्मक पुस्तक पसलहरु सञ्चालनमा रहनु राम्रो बिषय हो, तर पनि ब्यवस्थापनको पक्षलाई ध्यान दिएर सञ्चालनमा ल्याऔं । अनुभव बटुलेर यो पेशामा हात हालौं अन्यथा आफ्नो लगानी डुब्न सक्छ । पुस्तक ब्यवसायलाई मर्यादित बनाउने जिम्मा पनि हामी ब्यवसायीहरुकै भएकाले समाज प्रति उत्तरदायि भएर आफ्नो ब्यवसायीक कर्मलाई निरन्तरता दिन म आग्रह गर्दछु । साथै पुस्त खरिद र अध्यनको वातारवण श्रृजनामा सबै पक्षको रचनात्मका भूमिकाको अपेक्षा राख्द छु । आफ्नो भनाई राख्ने मौका प्रदान गरेकोमा भक्तपुरन्युज डटकम परिवारलाई धन्यवाद ।