स्थानीय समस्या समाधानमा लागिरहने छु : त्वाती
भक्तपुर सूर्यबिनायक क्षेत्र पानी पकेटको रुपमा पछिल्लो समय विकास भएको छ । उपत्यका लगायत आसपासका क्षेत्रमा पानीको हाहाकार बढिरहेका बेला सूर्यबिनायक नगरपालिका स्थित् स्थानीयहरुले पानीको समस्या भोग्नु परेको छैन । पानीको समस्या बढ्दै गएपछि यस क्षेत्रका अगुवाहरुको सक्रियतामा पानीको समस्या सम्बोधन गरिएको हो । बिगत लामो समय देखि राजनीतिलाई कर्म र समाज सेवालाई धर्मका रुपमा लिएर जीवन पद्धतीलाई निरन्तरता दिइ रहेको राजनकाजी त्वातीसँग पानी लगायत बिभिन्न बिकासका बारे भक्तपुरन्युज डककमले गरेको कुरोकानीको सारसंक्षेप ।
के गरि रहनु भएको छ ?
– सामान्य तया जीवन यापन गरिरहेको छु । सामाजिक काममा आफ्नो सक्रियता जनाउँदै दिनहरु बितिरहेका छन् । बिशेषत सूर्यबिनायक नगपालिकाका स्थानीयहरुको समस्या पहिचान र तिनको समाधानका लागि सरोकारवालारुसंगको सम्वादलाई निरन्तारता दिने काम भइरहेको छ । भन्नु पर्दा सामाजिक सेवामै दिनहरु बितिरहेका छन् ।
कस्ता खालका समस्याहरु समाजमा देख्न सकिन्छ ?
– स्थानीयका समस्याहरु ठूला छनैन् । उनीहरुले माग गर्ने भनेको सामान्य जीवनयापनका लागि आवश्यक रहने बिषयहरु हुन्छन् । जस्तो पानी, सडक र ढल लगायतका बिषय स्थानीयहरुको पहिलो मागमा पर्ने गरेको पाएको छ । यस्ता समस्याहरु हेर्दा सामान्य रहेता पनि यिनले दिने सास्ती कम हुँदैनन्, जसकारण पनि हेर्दा सामान्य लाग्ने तर दैनिक जीवनमा यस्ता खालको समस्या सम्बोधन गर्न स्थानीय अग्रज बुद्धिजीवि र अन्यको सहभागितामा समस्याको पहिचान गरि क्रमबद्ध रुपमा सम्बोधनको उपाएमा लागिरहेका छौं ।
खानेपानीको समस्या कस्तो रहेको छ यो क्षेत्रमा ?
– बिगतमा यो क्षेत्रमा बसोबास गर्नेहरुले अत्याधिक मात्रामा पानीको समस्या भोग्नु परेता पनि हाल आएर विभिन्न ४ स्थान गरिएको डिपबोरिङ र १२ लाख क्षमताको पाँच वटा रिर्जभ ट्याँकिसँगै पानीको समस्या सम्बोधन गर्ने प्रयास छौं ।
पानीको ब्यवस्थापन गर्दा कस्ता खालका समस्या आइलाग्यो ?
– समस्या नभएको कुनै क्षेत्र नै हुँदैन, त्यसमा पनि हाम्रो समाजमा राम्रो काम गर्दा गरिने अवरोध सबैका अघि स्पष्ट छ । यो क्षेत्रमा पानीको ब्यस्थापमा गर्दा सवैभन्दा पहिला योजना तयार गरियो तत् पश्चात योजनाका लागि आवश्यक रकमको बिनियोजन गर्न सम्बन्धित मन्त्रलाय र विभाग र डिभिजनको सहयोगी भूमिका रह्यो । त्यस्तै नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको भूमिकाका साथै जिल्ला लगायत अन्य ब्यक्तिहरुको सहयोग रह्यो भने अवरोध गर्नेहरुको पनि लर्को नै लाग्यो ।
पाण्डोबजार खानेपानीले कस्तो सुबिधा प्रदान गरिरहेको छ ?
– हाल २० पच्चीस हजार ब्यक्तिहरुले यो संस्थाबाट पानीको सुबिधा लिइरहेका छन् । पानीको हाहाकारलाई हामीहरुले डिपबोरिङ गरि समस्या सम्बोधन गर्ने तयारीमा लागि रहेका छौं । त्यस्तै पानीको मागलाई मध्यनजर गर्दै विभिन्न खालको सहज परिस्थिति निर्माणको योजना समेत तयार पार्दै छौं ।
डिपबोरिङ गरिएका पानीको अवस्था कस्तो छ ?
– ढुंगाबाट निक्लिएको पानी राम्रो छ । पानीको बेला बेला परिक्षण गरिन्छ । पानीको गुण पनि राम्रो रहेको छ ।
तपाँइ फेरी पनि पाण्डोबजार खानेपानीको अध्यक्षमा निर्बिरोध अध्यक्ष हुनु भयो कस्तो लागि रहेको छ ?
– उपभक्तोको माया कै काराण फेरी पनि कार्यसमितिका पदाधिकारीहरुले र्निबिरोध निर्वाचित गराएका हुन् । म उपभोक्ताहरुप्रति कृतज्ञ छु । विगतको सफल कार्यकाल जस्तै म उपभोक्ताहरुको सेवा सुविधाका लागि लागिपर्ने छु । अझ गुणस्तर पानी कसरी उपलब्ध गराउन सकिन्छ भन्ने नै हाम्रो प्रमुख उद्देश्य रहेको छ ।
अन्त्यमा ?
– खानेपानी मात्र नभएर सूर्यबिनायक नगरपालिकाका विभिन्न स्थानमा ढल निकास, सडक बिस्तारमा आफू लगायत आफ्नो टोलीहरुले बजेट पार्न सफल भई विभिन्न स्थानमा काम सम्पन्न भईसकेका छन् भने कतिपय स्थानमा काम सुचारु भईरहेका छन् । पाण्डोबजारदेखि कृष्ण मन्दिरसम्मको सडक बिस्तार होस् वा सिपाडोल क्षेत्रमा पानी तथा ढलको ब्यवस्थापन लगायताका विषयमा आफूले बिगत र वर्तमानमा लागिरहेको यस क्षेत्रका स्थानीयलाई थाहा भएकै बिषय हो ।
त्यस्तै, आफ्नो सक्रियतामा चुनदेवी सडक, श्रृजना नगर, घलाँते , गुम्बा स्थल जाने सडक, पाण्डो बजार हाईट, सुन्दर बस्ती हाईट, गणेश बस्ती, जनसेवा बस्ती, दार्जलिङ हाईट, पाइलट बाबा जाने सडक र डोलेश्वर जाने सडक, नंखेल चित्तपोल लगायत विभिन्न सडक योजनामा आफू र आफ्नो टोलीले बिगतमा बजेट पार्न सफल रहेको समेत अवगत गराउँदछौं ।
त्यस्तै, डोलेश्वर खानेपानी जल उपभोक्ता समितिका अध्यक्ष देवराज श्रेष्ठ तथा सिपाडोल खानेपानी जल उपभोक्ता समितिका अध्यक्ष बोझ बहादुर थापा लगायतको टोलीले यस क्षेत्रको खानेपानीको उपलब्ध साथै सिपाडोल ढल ब्यवस्थापनमा प्रभाकारी भूमिका निर्वाह गरिरहेका छन् । अन्त्यमा, आफ्नो भनाई राख्ने अवसर प्रदान गरेकोमा भक्तपुरन्यूज डटकम परिवारलाई धन्यवाद ।