रानीकोट पर्यटकिय गनतब्य बन्दै : बके

भक्तपुर न्यूज

१० साउन २०७५ ७:२६

रानीकोट पर्यटकिय गनतब्य बन्दै : बके

पर्यटकिय क्षेत्र भक्तपुर जिल्ला नगर मात्र नभएर यस जिल्लाका बिभिन्न स्थानहरु पर्यटकिय क्षेत्रका रुपमा परिचित रहेकाछन् । यस्तै पछिल्लो समय भक्तपुरको रानिकोट पर्यटकिय क्षेत्रका रुपमा बिकास हुँदै छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका सिपाडोल ८ मा रहेको पर्यटकिय क्षेत्रको बिकासमा सबै क्षेत्र लागि परेको देखिन्छ । अरनिको राजमार्ग स्थित सूर्यबिनायक चोकबाट ७ किलोमिटर दक्षिणमा रहेको यो क्षेत्र अथाहा पर्यटकिय सम्भावना बोकेको क्षेत्रका रुपमा परिचित बन्दै छ । खुल्ला बिश्व बिद्यालयका रुपमा परिचित भक्तपुर सहरको दृश्यावलोकनका साथै नेपालका प्रख्यात हिमालहरु आँखै अघिबाट अवलोकन गर्न सकिने स्थान हो रानिकोट । बिगतमा काभ्रे र भक्तपुरको ब्यापारिक नाकाले परिचित यो स्थानलाई अझंै परिमार्जन गरि ब्यापारिक नाकाकै रुपमा बिकास गर्न सकिने समभावन रहेको छ । उपत्यका र आसपासका जिल्लाको अवलोकनको उचित स्थलका रुपमा समेत यो स्थानलाई लिन सकिन्छ । पछिल्लो समय रानिकोटमा होटेल र रिसोर्ट खुल्ने क्रम जारी रहेता पनि सबै भन्दा ठूलो रिसोर्ट सञ्चालनमा ल्याउने तयारीमा रहेका सञ्चालक राम सुन्दर बकेसँग भक्तपुर न्युज डटकमले गरेको कुरोकानीको सारसंक्षेप

रानीकोट नै तपाँको रोजाईमा किन पर्यो ?

स्थानीय स्तरमा केही गरौं भन्ने सोचका साथ भक्तपुरको रानीकोट क्षेत्र नै रोज्न पुग्यांै । यो क्षेत्र पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएता पनि आझेलमा परेको तर अथाहा सम्भावना बोकेको क्षेत्र भएका कारण रानीकोटको बिकास र पर्यटन प्रर्वद्धन गर्न सक्छौ भन्ने इच्छा शक्ति पहिलो पाटो बन्यो । त्यस पछि सरकारले सञ्चालन गर्न थालेको राष्ट्रिय प्राणी उद्यान र पाईलट बाबा आश्रमका साथै ध्याम्पे डाँडा लगाएत सबैको अध्ययन पश्चात अर्थिक र पर्यटकिय क्षेत्रमा काँचुलि फेर्न सक्ने आधारहरु प्रयाप्त मात्रमा देखिए पछि रानीकोट रोजाइमा पर्यो । अर्को कुरो यो क्षेत्र बास्तु सास्त्र अनुसार ब्यवासयका लागि उपयुक्त रहेकाले समेत चयनमा परेको हो ।

कस्तो छ रानिकोटको वातावरण ?

सूर्यबिनाय मन्दिर देखि जंगल सफारि गर्न सकिने , हाईकिङको प्रचुर सम्भावन रहेको, जैबिक बिबिधताले भरिपूर्ण रहेको, जनावर र पंक्षी अवलोकनको स्थान भएको, हिमालयलका साथै उपत्यका र आसपासका जिल्लाको अवलोकन गर्न सकिन,े सूर्यद्धय र घ्याम्पे डाँडाबाट सूर्यास्तको सुन्दर र मनोमोहक वातावरणको संगम भएको स्थानको रुपमा परिचित छ ।

यो स्थानबाट कहाँ कहाँ जान सकिन्छ ?

भक्तपुर हुँदै रानीकोट पुगेपछि आशापुरी हुँदै पर्खाले चौर, पनौती कुसा देवी हुँदै नव बुद्ध काभे्र सम्म पुग्न सकिन्छ । रानीकोट बाट लाँकुरी भञ्जाङ हुँदै गोदावरी सँगै फूलचोकी हुँदै उपत्काको उच्च स्थानबाट हाइकिङ गर्दै अवलोकनको मञ्जा लिन सकिन्छ ।
भक्तपुर आउने पर्यटक कति मात्रामा यस क्षेत्रमा आउँछन् जस्तो लाग्छ ?भक्तपुर नगरबाट नजिकै रहेको रानीकोटको प्रचारप्रसार हुन सके भक्तपुर जिल्लामा आउने आन्तरिक र बाह्रय पर्यटकको अवश्य पनि यो क्षेत्रमा आगमनको आशा राख्छु । शान्त र हरियाली वातावरण हुँदै पुग्न सकिने रानीकोट हिमाली दृश्य र उपत्यका अवलोकन प्रमुख अकाषर्णको गनतब्य बन्न सक्छ जस्तो मलाई लाग्छ । त्यस्तै यो क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा समेत बिकास गर्न सकिन्छ र धार्मिक सर्किटको रुपमा अघि लान सकिन्छ । उपत्यकाको रात्रिकालिन दृश्यले सबैको मन लोभ्याउने स्थानको रुपमा समेत यो क्षेत्रलाई लिन सकिन्छ ।

धार्मी सर्किटको रुपमा यस क्षेत्रको बिकास कसरी गर्न सकिन्छ ?

रानीकोट प्रवेशकै गेटका रुपमा रहेको उपत्काको चार बिनायक मध्ये सबै भन्दा जेठो बिनायक सूर्यबिनायक रहेको छ । डोलेश्व महादेव जुन केदारनाथको शिरका रुपमा समेत परिचित रहेको छ । त्यस्तै आशापुरे महादेव , रानीकोटको पञ्च कन्या मन्दिर र मुरलेश्वर महादेव रानीकोट गढिमा अवस्थित बाघ भैरव लगाएत थुप्रै धार्मिक स्थान रहका छन् । यस्तै रानीकोट हुँदै गुण्डु झरेर अनन्त लिंगेश्वर महादेव मन्दिरको दर्शन, लिखा नारायाण हुँदै सुवर्णेश्वर दर्शन गरि एक फन्को धार्मिक यात्र गर्न सकिन्छ । अझ महत्वपूर्ण कुरो त के छ भने बुद्ध धमावलम्बीहरुका लागि आकृषक धार्मिक स्थलका रुपमा यो क्षेत्रको प्रर्वदन गर्न सकिन्छ । किनकि सूर्यबिनायक जंगलको आकृति बुद्ध सुतेको अवस्थामा रहेकाले यसको छुट्टै अकार्षणको मञ्जा लिन सकिन्छ । त्यस्तै भक्तपुरबाट सूर्यबिनायक अवलोकन गर्दा यो जंगलको आकृति गणेशको सुँड जस्तो देखिन्छ ।

कति लागतमा रिसोर्ट खुल्दै छ ?

पहिला काम गर्दा तीन करोडको लक्ष्य रहेता पनि काम गर्दे जाँदा झन्डै नौ करोड खर्च भईसकेको र अझैं लागत बढ्ने देखिन्छ । एउटा भवन झन्डै पूर्ण रुपमा निमार्ण भइसकेको र अर्को भवन सुरवात भईरहेको छ ।

कस्ता खालको सुविधान पाउन सकिन्छ यो रिसोर्टमा ?

पाँच तले होटेलमा पाइने सम्पूर्ण सुबिधा सेवाग्राहीले पाउन सक्नछन् । यसका लागि हाम्रो रिसोर्ट ब्यवस्थापन लागि परेको छ । हाल २१ कोठा तयारी भईसकेको र बिभिन्न कार्यक्रमका लागि हलको समेत तयारी भईसकेको छ ।

के आन्तरिक पर्यटकको पहुँच पुग्छ त यो रिसोर्टमा आउन ?

नयाँ स्थानमा नयाँ स्वादको खोजीमा रहेका पर्यटकहरुको आगमनलाई मध्ये नजर गरेर हामिले यो रिसोर्ट खोलेका हौं । नेपाली पर्यटकहरुको पहुँचलाई ध्यानमा राख्दै हामिले सुबिधा प्रदान गर्नेछौं । अवस्य पनि आन्तरिक पर्यटको पहुँचलाई ध्यानमा राख्दै शिघ्र सञ्चालनमा ल्याउन थालिएको यो रिसोर्टमा आगमन भएका पर्यटकले भरपुर मनोरञ्जन लिनुका साथै आर्थिक रुपमा समेत सहज रहने मा आशावादी छौं ।

सरकराले यो क्षेत्रको बिकासमा के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?

सकराले यो क्षेत्रमा रहेका बिबिध पक्षको जानकारी लिएर त्यसको संरक्षण र प्रवद्र्धनमा आफ्नो उपस्थिति जनाई दिनु पर्यो । हरेक क्षेत्रको बिकासमा भौतिक पूर्वाधार महत्वपूर्ण पक्ष रहेने र त्यसमा पनि सडकको पहुँच पहिलो आधार बन्ने भएकोले सड बिकासमा सहयोगि भूमिका निर्वाहा गरि एतिहासिक र धार्मिक क्षेत्रको संरक्षण प्रर्वद्धनमा सहयोगी भई दिए यो क्षेत्रको बिकास छिट्टै हुने देखिन्छ । बिकासका साथै स्थानीयको आर्थिक जीवन रुपमान्तरणमा समेत महत्वपूण भूमिका खेल्छ जस्तो लाग्छ । साथै यस क्षेत्रको पर्यटकिय बिकासको सम्भावनालई ध्यानमा राखी स्थानीय स्तरमा होम स्टेको बिकास गर्न सके अझै प्रभावकारी रहला जस्तो लाग्छ ।

अनत्यमा ?

नेपाल प्रचुर मात्रामा पर्यटन क्षेत्रको बिकासको सम्भावना बोकेको देश हो । यसलाई नीति मूखि भन्दा पनि ब्यवहारमूखि बनाएर अघि बढ्न सके देशको आर्थिक बिकासमा ठूलो योगदान पुग्न सक्छ । रोजगारीको अवसर श्रृजनामा अहंम भूमिका खेल्ने छ । निजि क्षेत्रलाई सरकारले प्रोत्सानका प्याकेजहरु ल्याएर सहयोगी भूमिका निर्वाह गरिदिए सुनमा सुगन्ध जस्तै हुने छ पर्यटनमय वातावरण । आफ्नो भनाइ राख्ने अवसर प्रदान गरेकोमा भक्तपुरन्युज डटकम परिवारलाइ धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *