मन्द मुस्कानसहित हिमानी पशुपतिमा

भक्तपुर न्यूज

७ साउन २०७५ ८:४४

मन्द मुस्कानसहित हिमानी पशुपतिमा

काठमाडौ ७ साउन ।  पहिलो साउने सोमबारको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाहले आज बिहान पशुपति दर्शन गरेकी छन् । उनी केहि सहयोगी तथा दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी हुन् ।

प्रफुल्ल मुद्रामा देखिएकी शाह परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । फर्कंदा पनि उस्तै मुस्कानका साथ शुभेच्छुकलाई अभिवादन गरिन् र गाडी चढेर फर्किइन् ।

उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए ।  हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *