मन्द मुस्कानसहित हिमानी पशुपतिमा
काठमाडौ ७ साउन । पहिलो साउने सोमबारको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाहले आज बिहान पशुपति दर्शन गरेकी छन् । उनी केहि सहयोगी तथा दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी हुन् ।
प्रफुल्ल मुद्रामा देखिएकी शाह परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । फर्कंदा पनि उस्तै मुस्कानका साथ शुभेच्छुकलाई अभिवादन गरिन् र गाडी चढेर फर्किइन् ।
उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए । हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
