अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौं । पहिरो गएर अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । काभ्रेको पात्लेखेतमा खसेको लेदोसहितको पहिरो पन्छाएसँगै विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
हिजोबुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरूद्ध विपी राजमार्ग सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए । घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक दुई तर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०