अनुभवले मानिसलाई सफल बनाउँछ : अध्यक्ष प्रजापति

भक्तपुर न्यूज

२३ असार २०७५ ५:११

अनुभवले मानिसलाई सफल बनाउँछ : अध्यक्ष प्रजापति

नेपालको कला संस्कृति भैल प्याख, ख्या प्याखं, धिमेबाजा, धाँबाजा लगाएतका नेवारी साँस्कृतिक परम्परालाई लण्डनसम्म पु¥याएर प्रर्वद्धन गरिरहेका र लण्डनमा आफ्नो शिप क्षमतामा निखार ल्याउँदै गरेका युवा ब्यवसायी तथा नेपाली नेवारी कला संस्कृतिको प्रबद्र्धनमा जुटेका भक्तपुरका युवा शुसिल प्रजापति पासापुच गुथी साउथ इष्टको दोस्रो कार्यकालमा पुन निबिरोध निर्वाचन भएपछि भक्तपुरन्युज डटकमले गरेको कुरोकानीको सारसंक्षेप ?

कसरी बितेका छन दिन ?

आफ्नो कर्मसँगै समाज सेवा अनि घरपरिवारसँगै समय बित्नाउने क्रम जारी छ ।

लण्डनमा नेपालीहरुको लागि कस्तो अवसर रहेको छ ?


लण्डन नेपालीका लागि अवसर भन्दा पनि आफ्नो क्षमता र अनुभवमा निर्भरपर्छ । शैक्षिक क्षमता भएका र मेडिकल क्षेत्रमा दक्ष नेपालीलाई यहाँ राम्रो छ । तर, यसका लागि सबै भन्दा क्षमता र अनुभव राम्रो हुनुपर्ने र बाहिरदेखि आवदेन दिनेहरुका लागि समेत बेलायत उपयुक्त देशमा रहेको छ ।

कला संस्कृतिको प्रचार प्रसार र प्रर्बदनमा तपाईको संस्थाको भूमिका कस्तो छ ?


पासापुच गुठि नेवार कला संस्कृतिको प्रर्वद्धनका लागि खुलेको संस्था हो । कला संस्कृतिको प्रचार प्रसारमा पासापुच गुठिको भूमिकामध्ये नेवारी कला संस्कृतिबारे संरक्षण प्रर्वद्धनमा जुटेको छ । यो संस्थाले बिशेषत् नेवारी संस्कृतिको प्रर्वद्धनका लागि खुले पनि नेपालीको पहिचान रहने हरेक गतिबिधिहरु सञ्चालन गर्दै आएको छ । नेपाल र नेपालीका बारे सक्दो जानकारी दिने र नेपालको प्रवद्र्धनका बारे सक्दो प्रयास गर्ने तर्फ म र मेरो संस्था पासापुच लागि रहेको छ ।

बिशेष त युवाहरुको अकाषर्णको गनतब्यका रुपमा रहेको लण्डन आउने नेपालीहरुलाई कस्तो सल्ला दिनु हुन्छ ?

लण्डन आउन चाहने युवाहरुका लागि सबै भन्दा पहिला आफ्नो शिक्षा कस्तो छ भने बुझेर मात्र आउन आग्रह गर्दछु । यसरी शिक्षा क्षेत्रका बारे बुझेर आउन सके अन्य ब्यवसायिक क्षेत्रमा बिभिन्न अवसरहरु सहज रुपमा पाउन सकिन्छ । यसैले त्यसका बारे बुझेर मात्र लण्डन आउन आम नपालीलाई आग्रह गर्दछु । बेलायतमा तत्कालै आउन साथ कमाईन्छ भन्ने भ्रममा पर्नु हुँदैन किनकी यहाँ आफूले कमाउने भन्दा पनि गुमाउने अवस्था आउन सक्छ जसकारण आफू कुन क्षेत्रमा आउँदै छु र त्यसमा बेलायतमा कस्तो वातावरण छ सबै बुझेर मात्र आउनुपर्छ ।


तपाँई लण्डनमा सफल युवा ब्यवसायीका रुपमा पनि परिचित हुनुहुन्छ यसको वास्तबिता के हो ?

बिगतमा भएका असफलताबाटै अनुभव बटुलेर अगाडी बढेको छु । आफ्नो क्षमता र अनुभवका आधार काम गर्दै आएको छु । असफलता नै सफलताको एक मजबुत पक्ष हो भन्ने पाटोलाई अंगिकार गर्दै अघि बढिरहेको छु यसै कारण पनि होला पछिल्लो समय आफ्नो कामको अनुभव र क्षमतामा आउँदै गरेको निखार नै सफल बाटोको आगमन भए जस्तो लाग्छ ।
हरेक पाईला पाईलामा परिक्षाहरु छन् जीवन यात्रामा ती हरेक परिक्षामा आफूलाई खरो रुपमा प्रस्तुत् गर्दै अघि बढिरहेको छु । जसकारण पनि केही मात्रामा सफलता मिलेको होला । आफू के गर्दै छु र बिगत कस्तो थियो अनि वर्तमान कस्तो छ ? यसको भबिष्य कस्तो रहन्छ भन्ने समेत आँकलन गर्न सके सामान्यतया सफलता हासिल गर्न सकिन्छ जस्तो लाग्छ ।

बिदेशमा बसेर नेपालको सेवा कसरी गर्न सकिन्छ जस्तो लाग्छ ?

नेपालको पर्यटन क्षेत्र र कला संस्कृतिका बारे सक्दो जानकारी दिने खालका कार्यक्रमहरु राख्छौं । पर्यटकहरुलाई नेपाल जाने वातावरणको श्रृजना तर्फ लागेका छौ । त्यस्तै नेपालीहरुले बिदेशमाा बसेर गरेको कमाई नेपालमा पठाउँदा राम्रो रेमिट्यान्सका रुपमा समेत रहेको छ । नेपालमा भइपरि आउन सक्ने बिभिन्न खालका बिपद्हरुमा सक्दो सहयोगी भूमिका खेल्ने गरेर नेपालको लागि बिदेशमा बसेकाहरुले सहयोग गरेको छौं जस्तो लाग्छ ।

तपाँई पासापुच गुथीको अध्यक्षमा फेरी पनि चयन हुनु भएको छ कस्तो लागिरहेको छ रु यो संस्थाले के काम गर्दछ ?

फेरी पनि अध्यक्षमा निर्विरोध चयन गराएकोमा सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । बिशेषगरि कला संस्कृतिको संरक्षण प्रबद्र्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेनै मुख्य योजाना हो । पासापुच गुथी अन्तगर्त बनाईएका योजनाहरुको सफल सम्पादन गर्दै अघि बढ्ने लक्ष्य रहेको छ ।


अध्ययनलाई ब्यवासायमा रुपान्तरण गर्दै कसरी अघि बढे जीवनलाइ ब्यवसायिक रुपमा सफल बनाउन सकिन्छ जस्तो लाग्छ ?

अध्ययनलाई व्यसायमा रुपान्तरण सहि रहेता पनि अनुभव बटुलेर र बुझेपछि मात्र ब्यवसायमा लाग्नु उपयुक्त हुन्छ । सबै भन्दा पहिला आफूले गर्न थालेको व्यवसायका बारे सम्पूर्ण जानकारी लिइ अनुभव बटुलेर त्यस क्षेत्रमा प्रवेश गर्दा राम्रो होला अन्यथा आफ्नो सम्पत्ति गुमाएर अनुभव बटुल्ने अवस्था श्रृजना हुन सक्छ ।

नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको लगानी कस्तो हुनसक्छ ?

केही हदमा परिवर्तन देखिएको छ । तर, पनि सम्भावना अधिक रहेको छ । पर्यटन र कृर्षिलाई पूर्ण ब्यवसायिक रुपमा लिन सकिए यसले देशको अर्थतन्त्रमा र आत्मनिर्भरतामा लाभ हुने देखिन्छ । स्थिर राजनीतिले देशलाई केहि लाभ दिने सम्भावना छ । पछिल्लो समय बिदेशमा रहेका नेपाली युवाहरुको साना उद्योगहरुमा लगानी गर्ने क्रम बढ्दो छ ।
जग्गाको कारोवारमा समेत लगानी रहेको देखिएको छ । राज्यले बिदेशमा रहेकाहरुको लगानी भित्राएर कसरी त्यसको उपायोग गर्न सक्छ यस्ता ठोस नीति ल्याउने हो भने बिदेशमा रहेका नेपालीहरुले आफ्नो देशमा ब्यापक लगानी गर्ने सम्भावना देखिन्छ । जनु नेपाल र नेपालीका लागि आर्थिक रुपमान्तरणको एक पाटो समेत बन्न सक्छ ।

बिदेशी र नेपाली भूमिमा बसेर कर्म गर्दाको अनुभव कस्तो छ ?

स्वदेशमा पनि आफूले काम नगरेको होइन भक्तपुरमा आफ्ना पिताले सञ्चालन गरेको प्रजापति मोर्टस पार्टमा कमा गरे होस्टल चलाए तर बिदेशमा काम गर्दा अलि फरक पाटो भेटाए । बिदेशमा काम गर्दा सिस्टमका साथै अनुसान र काम प्रतिको ईमान्दारीता र लगनशिलता देखे भने नेपालमा कामको समयमा मापदण्ड लागू नहुनु, नीतिका साथै काम अनुसारको ज्याला नपाउने जस्ता समस्या रहेको देखिन्छ ।

अत्यमा केही भन्नु छ ?

युवाहरु जुन देशमा रहेता पनि धर्म संस्कृति र भाषाको प्रबद्र्धनको माध्यमा बनि अग्रसर भए सबैलागि उपयुक्त माध्यम बन्नेछ । सबै सोचे जस्तो नभएता पनि सके अनुसार नेपाल र नेपालीका बारे सक्ने गरे मात्र पनि धेरै हुन्छ जस्तो लाग्छ । त्यस्तै बिदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीका लागि सक्ने अनुरुप आआफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न समेत म आग्रह गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *