लहलहैमा होइन, बुझेर अष्ट्रेलीया आउनुहोस : थकाली

भक्तपुर न्यूज

१४ जेठ २०७५ ११:३४

लहलहैमा होइन, बुझेर अष्ट्रेलीया आउनुहोस : थकाली

सिड्नी । हिमाअस एजुकेसन कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको छ । अष्ट्रेलियामा प्रधान कार्यालय रहेको हिमाअसले पोखरा शाखाबाट यस क्षेत्रका विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । यसैक्रममा दुइ दशक लामो अनुभववाट खारिएका हिमाअसका प्रवन्ध निर्देशक राजमान थकालीसँगको गरिएको कुराकानी ।

हिमाअस कस्तो सेवा प्रदान गर्दै आइरहेको छ ?

हिमाअसको मुख्य लक्ष्य भनेको अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीको हितमा काम गर्नु नै हो । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि भिषाको काम र अस्ट्रेलियामा रहेका बिध्यार्थीका लागि अध्यागमन सम्वन्धि काम हामीले गर्दै आइरहेका छौं । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई हामीले सत्य र तथ्य परामर्श दिन सफल भएका छौं ।

विद्यार्थीलाई कसरी सहयोग गर्नुहुन्छ ?

हामीले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सुरुआतको समयदेखि नै सहयोग गर्छौं । अष्ट्रेलियाको कलेज तथा युनिर्भ्सिटीको बारेमा जानकारी दिन्छौं । विद्यार्थीको रुची तथा चाहना अनुसारको कलेज तथा युनिर्भ्सिटी छान्न हामी सहयोग गर्छौं । विभिन्न कलेज तथा युनिर्भ्सिटीका प्रतिनिधि मार्फत विद्यार्थीको जिज्ञासा मेटाउँदै आएका छौं । अष्ट्रेलिया गएपछि पनि हामी विद्यार्थीलाई सहयोग गर्छौं र अभिभावकत्व प्रदान गर्छौं । विद्यार्थीको आवश्यकता अनुसार हामीले सहयोग गर्दै आइरहेका छौं ।

अन्य कन्सल्टेन्सी भन्दा हिमाअस कसरी फरक छ ?

हामीसँग अनुभव पनि धेरै छ । हामीले बिगत १० वर्षदेखि निरन्तर सेवा गर्दै आइरहेका छौं । नेपाल र अष्ट्रेलिया दुवै देशमा हाम्रो कार्यालय छ । अभिभावकले केही कुरा भन्न चाहेमा नेपालमा रहेका कार्यलयमा आएर भन्न सक्नुहुन्छ । विद्यार्थीलाई केही समस्या परेमा अष्ट्रेलियामा रहेको कार्यालयमा गएर समस्या राख्न सक्नुहुन्छ । विद्यार्थीसँग हाम्रो राम्रो सम्वन्ध छ । अध्ययन पश्चात काम खोज्न पनि हामी सहयोग गर्दछौं ।

अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाइमा परेको छ, कारण के होला ?

प्राय सबै विद्यार्थीको पहिलो गन्तव्य अष्ट्रेलिया नै बनेको छ । अष्ट्रेलिया सबै हिसावले नेपालीको लागि राम्रो छ । कलेज तथा युनिर्भ्सिटीको फि स्टक्चर पनि नेपालीको लागि अफोर्डएवल छ । विद्यार्थीले अष्टे«ेलियामा २० घण्टा काम गर्न पाउने व्यवस्था पनि छ भने डिपन्डेडले चालिस घन्टा काम गर्न पाउने ब्यवस्था छ । अष्ट्रेलीयाको मौसम नेपालसँग मिल्ने खालको छ । जसका कारण पनि नेपालीलाई त्यहाँको वातावरणमा घुलमिल हुन सहज छ । त्यहाँको संस्कृति मल्टिकल्चरल छ । कलेज होस् वा काम गर्ने अफिस संसारका सबै ठाउँका सबै किसिमका मानिस भेट्न सकिन्छ । एक आपसमा घुलमिल हुन सहज वातावरण बन्छ । बाहिरबाट जाने मानिसलाई यसले सहज बनाएको छ । सबै एक आपसमा मिलेर बसेको हामीले पाएका छौं । सुरक्षाको हिसाबले पनि अष्ट्रेलिया राम्रो देश हो । पढेर आवासिय भिषाका लागि राम्रा बिध्यार्थीका लागि पनि सहज वातावरण छ । अन्य देशमा भन्दा अस्ट्रेलिया पढने र गर्नेका लागि सहज र उपयुक्त स्थान पक्का हो ।

पोखरामा हिमाअसप्रति विद्यार्थीको आर्कषण कस्तो छ ?

पोखरामा हिमाअस नयाँ भएपनि हाम्रो लागि पोखरा नयाँ ठाउँ होइन । विश्वास भएपछि जहाँ बसेर पनि काम गर्न सकिन्छ । हामीले सबैको साथ पाएका छौं । सोचेजस्तो सफलता हामीले पाएका छौं । पोखरा तथा आसपासका स्थानबाट पनि विद्यार्थी आउनुहुन्छ । छोटो समयमा नै हामी सफल भएका छौं । अष्ट्रेलिया जाने विद्यार्थीले हिमाअसमा परामर्श लिनैपर्छ भन्ने संस्कारको विकास भएको हामीले अनुभूति गरेका छौं ।

अन्त्यमा विद्यार्थीलाई के भन्नुहुन्छ ?

सबै कुरा राम्रोसँग बुझेर मात्र उच्च शिक्षा अध्ययनका लागि विदेश जान म विद्यार्थीलाई आग्रह गर्दछु । अरुको लहैलहैमा लागेर जानुहुँदैन । आफ्नो भविष्य पनि यसमा जोडिएको छ । सचेत तथा सजग भएर सबै कुरा बुझेर मात्र प्रक्रिया अगाडि बढाउन म आग्रह गर्दछु । कन्सल्टेन्टले पनि राम्रोसँग काउन्सिलिङ गर्नु आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *