अझै ४४ हजार क्षयरोगी, १२ हजार सम्पर्क बाहिर

भक्तपुर न्यूज

१७ मंसिर २०७४ २:४४

अझै ४४ हजार क्षयरोगी, १२ हजार सम्पर्क बाहिर

 

भक्तपुर, १७ मंसिर । नेपालमा ४४ हजार क्षयरोगी छन् ।तीमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

टिबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिए पनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता छाती विशेषज्ञ डा नवीनप्रकाश शाहले जानकारी दिए।

दुई वर्षदेखि सम्पर्कमा आएका बिरामीको रोग निको हुँदै गएर सङ्ख्या घटे पनि सम्पर्कमा नआएका अन्य बिरामीका कारण यस वर्ष टिबी रोगीको सङ्ख्या यकिन गर्न सकिने अवस्था नरहेको शाहले बताए। डा शाहका अनुसार डब्लुएचओले दुई वर्षअघि गरेको तथ्यांकका आधारमा प्रत्येक दिन १२० नयाँ रोगी भेटिने गरेको र २० जनाको मृत्यु हुन सक्ने अनुमान छ । नेपालमा जटिल प्रकारको डगेस्ट्रेड टिबीका बिरामी मात्र एक हजार १०० रहेको अनुमान छ । तीमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् ।

डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा शाहले बताए। ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *