रुकुम पश्चिमका मतदान केन्द्रमा आज पुनः मतदान
काठमाडौ, १५ मंसिर । पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक९एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो ।
बाँफीकोट गाउँपालिका९ ५ को रत्न आधारभूत विद्यालय काँडाको ९क० मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । खड्का कांग्रेसका कार्यकर्ता हुन् ।
उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए । आफ्ना कार्यकर्तालाई विना कारण फसाइएको भन्दै नेपाली कांग्रेसले तत्काल रिहा गर्न माग गर्दै आएको छ । मतदानका विषयमा शुक्रबार छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा समेत कांग्रेस सहभागी भएको थिएन ।