सिमकोटमा तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते
काठमाडौं, १२ मंसिर । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२२ असोज २०८१ १५:१६
ह्वाट्सएप बारे जान्नै पर्ने केही फिचर !
२५ असोज २०८१ १५:१९
फोन चार्ज गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
२५ असोज २०८१ १५:१३
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो
२३ असोज २०८१ ७:५२