मतदाता परिचयपत्र वितरण आजदेखि

भक्तपुर न्यूज

८ मंसिर २०७४ ४:२९

मतदाता परिचयपत्र वितरण आजदेखि

काठमाडौं, ८ मंसिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा थपिएका नयाँ मतदातालाई निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ। आज र भोलि आयोगले परिचयपत्र वितरण गर्दैछ। मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र पाउन सक्नेछन्। पहिलो चरणमा ३२ जिल्लामा मतदान हुँदैछ। निर्वाचन हुने जिल्लामा दुई दिन परिचयपत्र वितरण हुन लागेको हो।

आयोगले ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतादाताको परिचयपत्र वितरण गर्न लागेको हो। यस्तै, नामावली सार्न, त्रृटि सुधार गर्न निवेदन दिएका मतदाताको परिचयपत्र पनि मतदाता सम्वन्धित रहेको मतदान केन्द्रबाटै वितरण हुनेछ। गत स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रबाट मतदान गर्न पाउने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *