बम राखेको हल्लापछि सर्वोच्चको इजलास प्रभावित

भक्तपुर न्यूज

५ मंसिर २०७४ ७:५४

बम राखेको हल्लापछि सर्वोच्चको इजलास प्रभावित

काठमाडौ । सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला चलेपछि मंगलबार दिउँसो सर्वोच्च अदालतको इजलास समेत प्रभावीत भएको छ । अज्ञात व्यक्तिले बम राखेको सूचना दिएपछि मुद्दा सुनुवाई स्थगित गरिएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिए।
दिउँसो साढे १२ बजेतिर सर्वोच्चको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्वरबाट फोन आएपछि अदालतको इजलास प्रभावीत भएको हो । बम राखिएको खबर आए लगत्तै अदालत परिसरमा प्रहरीले कुकुरको सहयोगमा समेत खोजी कार्य थालेको थियो । फोन कसले गरेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।
प्रधान न्यायाधीशको सचिवालय, कामु रजिस्ट्रारको कार्यालय र सर्वोच्च अदालतका प्रवक्तालाई फोन गरेर बम राखेको छ, सुरक्षित हुनुहोला न्दै अज्ञात व्यक्तिले खबर गरेको अदालत स्रोतले जानकारी दिएको छ । तर, प्रधानन्यायाधीश र रजिस्ट्रार भने मंगलबार नवलपरासीमा रहेको स्रोतले बताएको छ ।
बम राखिएको खबर पाए लगत्तै अदालतमा रहेका सबै न्यायाधीशहरुलाई प्रहरीले सुरक्षित ठाउँमा लगेको कारण मंगलबारको इजलास प्रभावीत भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी अतुल बोहराले जानकारी दिए । आफूहरु इजलास शुरु गर्न अदालतका आएको भएपनि एक्कासि बम राखिएको हल्ला आएपछि न्यायाधीशहरु अदालतबाट बाहिर निस्केको न्यायाधीश प्रकाश रावतले जानकारी दिए ।

सुरक्षाकर्मीले सर्वोच्च अदालतका न्यायाधीश लगायत कर्मचारी सबैलाई बाहिर निकालेर मंगलबार दिउँसो सर्वोच्च परिसर खाली गराएको थियो । सर्वोच्च अदालतको टोल फ्री नम्बरमा फोन गरी परिसरमा बम रहेको खबर आएको प्रहरीको प्रारम्भीक अनुसन्धानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *