सुर्यविनायकको सिङ्गो गाउँ नै नक्शापासविहीन

भक्तपुर न्यूज

२९ कार्तिक २०७४ २:१४

सुर्यविनायकको सिङ्गो गाउँ नै नक्शापासविहीन

भक्तपुर, २९ कात्तिक । सुर्यविनायक नगरपालिका वडा नं ८ को एउटा सिङ्गो गाउँ नै बषौंदेखि नक्शापासविहीन अबस्थामा रहेको छ । स्थानीय नगरपालिकाको वडा कार्यालयको उदासिनताका कारण उक्त गाउँ अहिलेसम्म नक्शापासबाट बञ्चित भएको बताईएको छ ।
नगरपालिकाको वडा नं ८ मा पर्ने आशापुरीदेखि ठूलोगाउँसम्मका स्थानीयले अहिलेसम्म पनि आफनो घरको नक्शापास गर्न नसकेको सिपाडोलस्थित ठूलोगाउँका आइते तामाङले जानकारी दिए । नक्शापासका लागी गाउँलेहरु यसअघि साविकको गाविस र अहिलेको नगरपालिकास्थित ८ नं वडा कार्यालयमा जाँदा समेत वडा कार्यालयले नक्शापास नगरिदिएको स्थानीयले गुनासो गरेका छन् ।

वडा कार्यालयले यहाँका स्थानीयको घरको नक्शापासका लागी सरकारले तोकेको आबश्यक मापदण्ड पुरा नभएको घर निर्माण गरिएका अधिकांश स्थानका जग्गा भिरालो भएको लगायतका कारण देखाउँदै नक्शापास रोकिदिएको स्थानीयले बताए । वडा कार्यालयले नै नक्शापास नगरिदिएपछि आफूहरु बषौंदेखि नक्शाविहीन अबस्थामा रहिरहेको तामाङले गुनासो गरे । उनले तत्काल नक्शापास गर्ने व्यवस्था मिलाईदिन समेत नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरलाई अनुरोध समेत गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा काँग्रेस, एमाले लगायतका ठूला राजनीतिक दलका नेताहरुले आफूहरुले नगरपालिकामा चुनाव जितेपछि आशापुरी र ठूलोगाउँका स्थानीयको नक्शापास समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपनि अहिले केही नगरेको बताउँदै यहाँका स्थानीयले थापामगरसँग फेरि नक्शापास नभएकै समस्या तेर्साएका छन् । अहिले यी गाउँका करिब २ सय घरपरिवार नक्शापासविहीन अबस्थामा रहेका छन् ।

वडा कार्यालयले स्थानीयका समस्या समाधानका लागी अहिलेसम्म चासो नदेखाएको बरु उल्टै प्रक्रिया पुगेका गाउँलेको समेत नक्शापास विभिन्न बहानामा रोकिदिएको स्थानीयको आरोप छ ।  नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य थापा मगरले आशापुरी र ठूलोगाउँका स्थानीयको यो समस्या समाधानका लागी आफूले सम्बन्धीत निकायमा आवाज पु¥याउने बताएकी छन् ।

यता सुर्यविनायक नगरपालिका वडा नं ८ का वडाअध्यक्ष किरण थापाले यी गाउँमा नक्शापासको समस्या रहेको स्वीकादैं अहिलेसम्म प्रक्रिया पु¥याएर कोही पनि वडा कार्यालयमा नआएको जानकारी दिएका छन् । सरकारले तोकेको मापदण्ड र प्रक्रिया पुरा भइ नक्शापासका लागी वडा कार्यालयमा आएको अबस्थामा सहजै नक्शापास गरिदिने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *