क्षेत्र नं १ को समग्र विकासमा दत्तचित्त भएर लाग्नेछु : खत्री

भक्तपुर न्यूज

२५ कार्तिक २०७४ ५:३४

क्षेत्र नं १ को समग्र विकासमा दत्तचित्त भएर लाग्नेछु : खत्री

२०५२ सालदेखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका चाँगुनारायण ७ निवासी जीवन खत्री भक्तपुर काँग्रेसको राजनीतिक बृत्तमा चर्चित नाम हो । संघमा आबद्ध भएदेखिनै निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय रहेका खत्री नेपाली काँग्रेस भक्तपुर क्षेत्र नंम्बर १ का क्षेत्रीय सभापति रहेर काम गरिरहेका छन् । २०५५ सालमा भक्तपुर बहुमुखी क्याम्पसको स्वबीयू सदस्यका रहेका उनी सोही क्याम्पसको २०५७ मा स्वबीयू सभापति समेत भएका थिए । उनी नेविसंघ भक्तपुरको जिल्ला अध्यक्ष हुँदै संघकै केन्द्रीय सदस्य पनि भैसकेका छन् । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नंम्बर १ को क्षेत्रीय सचिव भएर २ बर्षे कार्यकाल कुशलतापूर्वक सञ्चालन गरेका खत्री हाल क्षेत्रीय सभापति हुन् । जिल्ला तहमै लोकप्रिय युवा नेता खत्री आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा अन्र्तगत प्रदेशसभा तर्फ नेपाली काँग्रेस क्षेत्र नं १ बाट लोकतान्त्रिक गठबन्धको उम्मेदवार बनेका छन् । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका साथै एस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले समेत आफ्नो उम्मेदवार उठाएको छ । त्रिपक्षिय भिडन्तको सम्भावना रहेको यस क्षेत्रको प्रदेशसभा तर्फ लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा तर्फ उम्मेदवार बनेका युवा नेता खत्रीसँग वर्तमान राजनीतिक अबस्था र प्रतिनिधि तथा प्रदेसभाका निर्वाचनसँग केन्द्रित भएर भक्तपुर न्यूज डटकमका प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप ।

भक्तपुर क्षेत्र नं १ मा चुनावी चहलपहल कस्तो छ ?

स्थानीय तहको निर्वाचन भन्दा पनि यस क्षेत्रमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तातेको छ । मतदात निर्वाचनको माहोलसँगै आफूले काँग्रेसलाई मतदान गर्न आतुर रहेका छन् । चुनावी माहोलले यतिबेला भक्तपुर क्षेत्र नं १ काँग्रेसमय बनेको छ । प्रचारप्रसारको अभियान तीब्र रुपमा चलिरहेको छ ।

चुनावसँगै काँग्रेस भित्रै असन्तुष्टि बढेको देखिन्छ तपाँईको जीतको सम्भावना कस्तो छ ?

काँग्रेस भित्र असन्तुष्टि भन्ने बिषय हल्ला मात्र हो । निर्वाचन नजिकिँदै गर्दा सबै नेता कार्यकर्ता एक स्थानमा उभिएर लागि परेका छन् । जसरी पनि रुखमा मतदान गरि ब्यक्तिलाई भन्दा पनि पार्टीले उठाएको उम्मेदवारलाई बिजयी गराउन आतुर छन् । लोकतान्त्रिक गठबन्धनबाट आफूलाई टिकट दिए पछि बिपक्षीहरुले काँग्रेसमा असन्तुष्टि बढेको हल्ला चलाएका मात्र हुन् । भक्तुर क्षेत्र नं १ मा नेपाली काँग्रेसमा त्यस्तो कुनै असन्तुष्टि देखिएको छैन । जसरकारण पनि यस क्षेत्रमा नेपाली काँग्रेसको अवस्था अन्य राजनीतिक दल भन्दा मजबुद रहेको छ । त्यसैले पनि मेरो जीत निश्चित रहेको छ ।

नेपाली काँग्रेसले यस क्षेत्रमा जित्ने आधार के हो ?

बिगतदेखि नै यस क्षेत्रमा नेपाली काँग्रेसको राम्रो पकड भएको क्षेत्रका रुपमा लिन सकिन्छ । यस क्षेत्रका मतदाताको चाहानालाई कदर गर्दै लोकतान्त्रिक गठबन्धनले समेत उपयुक्त उम्मेदवारका रुपमा मलाई उम्मेदवार बनाएको छ । काँग्रसेका कार्यकर्ताको भोटका साथै गठबन्धनको भोट र सुभचिन्तक सुभेछुकहरुको मत नै आफ्नो बिजयको सुनिश्चितता रहेको छ ।

मतदाताले लोकतान्त्रिक गठबन्धनलाई नै मतदान किन गर्ने ?

देशको एक मात्र लोकतान्त्रिक पार्टीका साथै देशको अभिभावकत्व ग्रहण गर्न सक्ने पार्टी नै नेपाली काँग्रेस हो । प्रतिनिधि र प्रदेशसभामा देखिएको बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच हुने यो निर्वाचनमा लोकतन्त्रको संरक्षण र प्रवद्र्धनका लागि समेत लोकतान्त्रिक गठबन्धनलाई चयन गर्नेमा निश्चितता रहेको छ । नेपालमा प्रजातन्त्रको स्थापनादेखि अहिले रहेको लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म अग्रणीभूमिका खेल्दै आएको देशको शान्ति प्रक्रिया स्थापनामा समेत अहमभूमिका खेल्दै संविधान निर्माणमा समेत सक्रिय रुपमा नेतृत्वदायि भूमिका खेलको पार्टी हो । नेपालको लोकतान्त्रिक संविधान कार्यान्यनका लागि समेत काँग्रेस लागि परेको छ । संविधान कार्यान्वयनसँगै आम नेपालीको आर्थिक, सामाजिक, साँस्कृतिक राजनीतिक र शैक्षिक समृद्धिका लागि पनि यतिबेला मतदाताले रुख चिन्हमा मतदान गर्न आबश्यक देखिएको छ । यी र यस्तै आधारले भक्तपुर क्षेत्र नं १ मा काँग्रेस चुनाव जित्छ ।

तपाईले निर्वाचन जित्नु भयो भने यो क्षेत्रको बिकासमा कस्तो भूमिका खेल्नु हुन्छ ?

यो क्षेत्रको समृद्धिका लागि यहाँको समग्र विकासमा लागिपर्छु । सबै भन्दा पहिला पार्टीको घोषणापत्रलाई आधार मानेर आफ्नो कामलाइ निरन्तरता दिने छु । संबिधान कार्यान्वयनको पाटोलाई मजबुत तवरले अघिलगि देशलाई समृद्धिको बाटो तर्फ लाने अभियानलाई साथ दिने छु । यो क्षेत्र देशकै नमूना धार्मिक पर्यटकिय क्षेत्र भएकोले पनि यहाँको धार्मिक तथा पर्यटन विकासलाई अझैं समृद्धितर्फ लैजाने विभिन्न योजनाहरु प्रदेश सभामार्फत जोड दिने छु । यहाँको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाई लगायतका विकासका साथै यहाँको पर्यावरणिय प्रदुर्षणलाई नियन्त्रण गर्नका लागि हरित क्षेत्रका रुपमा यस क्षेत्रलार्ई विकास गर्ने योजनाहरुको कार्यान्वयनमा दत्तचित्त भएर लागिपर्ने छु । अव्यवस्थित रुपमा रहेका कलकारखाना, उद्योगधन्दालाई व्यवस्थित गरी यहाँको उत्पादनलाई बृद्धि गर्नुका साथै उत्पादीत बस्तुलाई गुणस्तरता प्रदान गर्न पनि सक्रिय रुपमा लाग्ने छु । यहाँको जल, जमिन र वनलाई यस क्षेत्रका स्थानियहरुको समुचित समान्नतर प्रयोग गर्न पाउने व्यवस्थाका लागि आबश्यक पहल गर्नेछु । देशकै पर्यटकिय क्षेत्र नगरकोटलाई नमूना पर्यटकिय क्षेत्रका रुपमा घोषणा गरी विश्वजगतलाई नै यो क्षेत्रलाई नमूना क्षेत्रका रुपमा स्थापित गर्ने योजनालाई प्रदेश सभामार्फत पुरा गर्नेछु ।

प्रदेशको निर्वाचन मतपरिणाम आफनो पोल्टामा पार्न तपाईको पार्टीले अहिले के कस्ता काम गरेको छ ?

अहिलेको निर्वाचनलाई आफनो पोल्टामा पार्नका लागि नेपाली काँग्रेसले घरदैलो अभियान गरेको छ । टोलटोलमा सभा छलफल, बहस लगायतका अभिमुखिकरण कार्यक्रमका साथै मतदाता शिक्षाका बिषयमा आम नागरिकलाई सचेतना बृद्धि समेत गरेको छ । यससँगै चुनावी क्षेत्रभित्र काँग्रेसले आफनो संगठन विस्तार र प्रचारप्रसारको कार्यलाई पनि उत्तिकै महत्वका साथ अघि बढाएको छ ।

अन्त्यमा केही  ?

सर्वप्रथम देशभर सहित क्षेत्र नं १ क्षेत्रमा हुन गैइरहेको प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गरी मलाई यस क्षेत्रको प्रदेश सभा प्रतिनिधिमा विजयी गराउँन सबैमा अनुरोध गर्दछु । नेपाली काँग्रेसले आम नागरिक माझ गरेका सबैखाले प्रतिबद्धताालाई कार्यान्वयन गर्नेतर्फ लागिपर्ने र यहाँको विकासका लागि कुनैपनि लाभ र स्वार्थमा नरहेर समग्र क्षेत्रको र क्षेत्रबासीको समृद्धिका लागि अहोरात्र खट्ने वचन पनि दिन चाहन्छु । मेरो जित नै आम क्षेत्र नं १ बासीको जित भएकोले यस क्षेत्रका स्थानीयको सुख दुःखका हरेक क्षणमा साथ दिनेछु । दुई बर्ष अघि गएको भुकम्पबाट भक्तपुर क्षेत्रबासीले धेरै कष्ट भोग्नु परेको छ । मैले यो समस्या समाधानका लगि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा विभिन्न राहत तथा पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्ने विश्वास पनि दिलाउछु । यस क्षेत्रमा अबस्थित विश्व सम्पदासूचिमा रहेको मठमन्दिर को पुनः निर्माणका लागि लागिपर्ने छु । यहाँको लोकसंस्कृति, कला, संस्कृति र सम्पदाको जर्गेना गर्दै समृद्ध क्षेत्र निर्माणको अभियान लागिपर्ने छु । यसैले नेपाली काँग्रेसको रुख चिन्हमा छाप लगाई मलाई यस क्षेत्रको प्रदेशसभा सदस्य (प्रतिनिधि) मा विजय गराउन सबैमा अपिल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *