प्रहरीको उदासिनताले भक्तपुरमा आपराधिक घटना बढ्दैं
काठमाडौं, २२ कात्तिक । भक्तपुरमा पछिल्लो समय दैनिकजसो दुर्घटना तथा आपराधिक घटना घट्दै गइरहेका छन् । यस्ता घटनाका बारेमा प्रभावकारी अनुसन्धान तथा घटनाको रोकथामका लागी भक्तपुर प्रहरी उदासिन देखिएको छ । भक्तपुरका सडकमा प्रहरीको सुरक्षा चेकजाँ फितलो हुनुले दिनदाहडै ट्याक्सीमा मानिसका लास भेटिने गरेका छन् । यसको पछिल्लो उदहारणका रुपमा मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ ।
बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका छन् । तर, भक्तपुर प्रहरीले अहिलेसम्म उक्त शव कसको र कसले किन मारेको भन्नेबारे केही पत्ता लगाउन सकेको छैन् । भक्तपुर प्रहरीको कमाण्ड नेतृत्व कमीका कारण भक्तपुर असुरक्षित बन्दै गैरहेको स्थानीयले महशुस गरिरहेका छन् ।
भक्तपुर प्रहरी आमनागरिकको जनधनको सुरक्षामा भन्दा पनि मोटो रकम असुली र आपराधिक गतिविधिमा संलग्नसँग साँठगाँठ गरेर उनीहरुको संरक्षणमा सक्रिय देखिदै आएको स्थानीयको गुनासो छ । भक्तपुरमा करिब दुई दर्जनबढी सादा पोशाकका प्रहरी परिचालन गरिएको छ तर उनीहरुको काम आपराधिक घटनाको न्यूूनिकरणमा नभएर व्यवसायीबाट मोटो रकम असुलीमा अघि बढ्दै गएको बताईएको छ ।
दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए । प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरीको टोली घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।