नेपालकै ठूलो एभिएसन म्युजियम सञ्चालनमा

भक्तपुर न्यूज

१९ कार्तिक २०७४ ६:०५

नेपालकै ठूलो एभिएसन म्युजियम सञ्चालनमा

काठमाडौं, १९ कात्तिक । उड्डय क्षेत्रको जानकारी दिने उद्देश्य साथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालन भएको छ। एभिएसन म्युजियमले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि म्युजियमको औपचारिक सुरुवात भएको जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा बनाईएको सो म्युजियमको पुरै संरचना एयसबस भित्र रहेको छ।

जहाज भित्रै बनाईएको संग्रहालय ५ खण्ड मा विभाजित छ । सबै खण्डमा उड्डयन क्षेत्रका विषयवस्तु राखिएको छ । जहाजको तल्लो तलामा बैठक कक्ष बनाईएको छ। त्यसमा सानो बैठक तथा अन्र्तरक्रिया संचालन गर्न सकिने छ। जहाज भित्रको संग्राहलमा प्रवेश गर्ने वित्तिकै अवलोकनकर्ताले यो संग्रहालय बनाउने क्रममा भएका गतिविधि समेटिएको नेपाली र अंग्रेजी दुवै भाषाको श्रव्यदृश्य सामाग्री सुन्न सक्नेछन् । वेलकम हलमा एयरबस–३३० को ग्लास ककपिट राखिएको छ।

संगै जहाजको मोडेल पनि राखिएको छ । संग्राहलयको एयर फोर्स हल मा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु राखिएको छ । त्यसपछि क्रमैसंग एयरबस–३८० र बोइङ–७७७ को मोडल , संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य जहाजहरु बोइङ र एयरबसका विभिन्न सिरिज, नेपालमा उडेका डिसी थ्री देखि पछिल्ला एयरबस–३३ र आर्मीको सिएन–३५ का सयौ मोडेलहरु राखिएको छ ।

२०७१ फागुन २० गते टर्किस एयरको एयरबस–३३० बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर ग्राउण्डेड भएको थियो । एयसवस मर्मतका लागि उपकरण ल्याउन नसकेको टर्किस एयर इञ्जिन निकालेर नेपालमै बेच्ने निचोडमा पुगेपछि क्याप्टेन वेद उप्रेतीको संग्रहालयको परिकल्पना विजारोपण भएको थियो । यो म्युजियमबाट आम सर्वसाधारण र विद्यार्थीमा उड्डयन क्षेत्रको जिज्ञासा मेटाउने र ज्ञान समेत अभिवृद्धि गर्ने विश्वास म्युजियम संचालक उप्रेतीको विश्वास छ ।

म्युजियम अवलोकनका लागि ३ सय रुपैया प्रवेश शुल्क राखिएको छ । तर विद्यालयको अनुमति लिएर आएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले निशुल्क प्रवेश पाउने छन् । अन्य विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । म्युजियम संचालनको सुरुको एक महिनाका लागि शुल्कमा केही छुट दिईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *