आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

भक्तपुर न्यूज

१९ कार्तिक २०७४ ३:४६

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

काठमाडौं, १९ कार्तिक । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ । निर्वाचनको निर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न पनि वितरण हुनेछ ।
आयोगले १६ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारी दर्ता गराएको थियो । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नु अघि आज उम्मेदवारी फिर्ता लिन चाहनेलार्इ समय दिइएको छ । आयोगका अनुसार उम्मेदवारी फिर्ताका लागि आज बिहान १० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ । यस्तै १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिने समय छुट्याइएको छ ।
उम्मेदवारको विरोधमा उजुरी दिन १७ गतेको समय दिएको आयोगले हिजो मनोनपयपत्र र उजुरीउपर छानबिन गरिसकेको छ । आयोगमा परेको १० उजुरी मध्य दाबी विरोधको पुष्टि भएकाले ६ जना उम्मेदवारी खारेज गरिएको र ४ जना विरुद्ध परेको उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *