भक्तपुरमा सेवाग्राही ठग्दै बिमा कम्पनीहरु
भक्तपुर । यातायात ब्यवस्था सेवा कार्यालय भक्तपुर आसपास खुलेका बिमा कम्पनीका एजेन्टहरुले तेस्रो पक्षको बिमा रकम असुल्दा भ्याट बिल उपलब्ध नगराएर उभोक्ता ठग्दै आएका छन् ।
उपभोक्ताले तिरेको भ्याटको रकम पश्चात बिल माग्दा समेत उपलब्ध गराउँदैन यस क्षेत्रमा खुलेका अधिकांश नाङ्लो पसलसरी खुलेका तेस्रो पक्ष बिमाका एजेन्टहरुले । यसरी राजश्व बिभाग अन्र्तगत तेस्रो पक्ष पार्टी बिमामा आएका उपभोक्ता दिनहु ठगीमा पर्दासमेत कसैको ध्यान जान सकेको छैन । उक्त कार्यालय आसपास खुलेका १३ बिमा कम्पनीहरुले आफ्ना एजेन्ट राखेर सेवा प्रदान गर्दै आएता पनि उपभोक्ताहरुले भ्याटबिल माग्दा बिमा ऐजेन्टहरुले दिन मान्दैनन् ।
तेस्रो पक्ष बिमा तिर्न आएका सेवाग्रही सुजित श्रेष्ठ भन्छन् तस्रो पक्ष बिमा गरेपछि भ्याट बिल माग्दा यस क्षेत्रमा खुलेका बिमा ऐजन्टहरुले दिन मान्दैन अनि कति कुरेर बस्नु बरु काम सक्यो हिँड्यो । त्यो बिलले के नै गर्ने थियो र सरकारलाई जाने पैंसो कम्पनीले खाने त हो नी उनी प्रतिप्रश्न गर्छन् । त्यस्तै बनेपा बाट आएका अर्का सेवाग्राही राजन कार्की भन्छन्, भ्याट बिल माग्यो भने दिँदैनन् झन्झट लिनु भन्दा काम सक्यो आफ्नो घर तिर लाग्यो यस क्षेत्रमा अपूm जस्तै धेरै उपभोक्ताहरुले भ्याट बिल नमाग्ने गरेको बताउँछन् ।
अर्का सेवाग्राही बन मन्त्रालय बाट आएका एक अधिकृत समेत आफूले भ्याट बिल माग्दा उपलब्ध नगराएको गुनासो पोख्छन् । त्यस्तै सरकारले तोकेको पोशाकमै तेस्रो बिमा तिर्न आएकी एक महिला अधिकृति आफूले भ्याट बिलको रकम तिरेता पनि भ्याट बिल भने बिमा एजेन्ट कम्पनीले उपलब्ध नगराएको र आफ्नो समेत कार्यालय समय भएकाले भ्याट बिल लिनु पर्ने भएता पनि हतारोले गर्दा आफूले नमागेको उनी बताउँछिन् । तेस्रो पक्ष बिमा तिर्न आएका कतिपय सेवाग्रहीलाई भ्याट बिल लिनु पर्छ भन्ने समेत जानकारी छैन भने कतिले कामको हतारोले गर्दा सेवा प्रदान गर्ने बिमाका ऐजन्टहरुले खोलेका सेवा दिने स्थानमा भ्याट बिल उपलब्ध नगराउने भएपछि नमाग्ने गरेका बताउँछन् ।
आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख सूर्य पोख्ररेल भन्छन्, अनिवार्य रुपमा बिमा कम्पनीहरुले सेवाग्राहीलाई भ्याट बिल उपलब्ध गराउनु पर्ने भएता पनि यस क्षेत्रमा उपलब्ध नगराएको जानकारी पाय पश्चात अनुगमन गरेर त्यस्ता बिमा कम्पनीहरुलाई कारवाही गर्ने छौं । उनी भन्छन् यस्ता बिषयको नियन्त्रण गर्ने पक्ष आन्तरिक राजश्व कार्यालय भएतापनि यस क्षेत्रका बारे आफ्नो कार्यालयलाइ जानकारी नभएकाले तत्काल अनुगमान गरि कारवाहीको दायरामा ल्याउने छौं । उनी भन्छन् भ्याट बिल सेवाग्रहीले माग्नु पर्ने र सेवा दिनेले उपलब्ध गराउनु पर्दछ । गलत काम गरि सरकारलाई राजश्व ठग्ने र सेवाग्राहीलाई ठग्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याई कारवाही गरिने उनी बताउँछन् ।
यातायता ब्यवस्था सेवा कार्यालय भक्तपुरका प्रमुख लेखनाथ पोख्ररेल भन्छन् बिमा कम्पनीका ऐजेन्टहरुले भ्याट बिल उपलब्ध अनिवार्यरुपमा गराउनु पर्छ तर यस स्थानमा भ्याट बिल नभएता पनि आफूहरुले तस्रो पक्ष बिमा गरेको फर्मको आधारमा नबिकरण गर्ने गरेका छौं । उनी यसका बारे पूर्ण जानकारी राजश्व कार्यालयमा रहेको बताउँछन् ।