उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु

भक्तपुर न्यूज

१३ कार्तिक २०७४ १०:०१

उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु

उदयपुर, १३ कार्तिक । उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो जीप दुर्घटनामा परेको छ । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ३ जना घाइते छन् ।
कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । उद्धारको कार्य जारी छ । प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *