नेपाल संवत स्वतः राष्ट्रिय संवत : प्रधानमन्त्री देउवा
भक्तपुर, ३ कार्तिक । भक्तपुरको मध्यपुर थिमि स्थित संखधर शाख्वाको प्रतिमामा माल्र्यापण गरि नेपाल संवत ११३८ मनार्ईएको छ ।
प्रतिमामा माल्र्यापण पश्चात आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल संवतका बिषयमा बिबाद गर्नु नपर्ने भन्दै नेपाल संवत स्वतः राष्ट्रिय संवत भएको बताए । उनले शंखधर शाख्वाले देखाएको बाटोमा सम्पूर्ण नेपाली एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
स्थानिय तहको निर्वाचन सम्पन्न भईसकेको र आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गएकाले त्यसलाई सम्पन्न गर्न सबै राजनीतिक पार्टीहरु एक भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
नेपाल संम्वंतको प्रर्वद्धन र प्रचारप्रसारमा बिशेष योगदान गरेबापत नरेन्द्र भक्त हाडा र देवेन्द्र कुमार मल्ललाई प्रधानमन्त्री देउवाले सम्मान गरेका थिए ।
उक्त कार्यक्रमरक्षा मन्त्री भिमसेनदास प्रधान, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर जबरा, नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नेपाल सम्वंतलाई ब्यवहारिक र राष्ट्रिय संवतका रुपमा मनाउनु पर्नेमा जोड दिए ।