योगदानका आधारमा पनि टिकट पाउनुपर्छ : कायश्थ
यतिबेला देशमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिएको छ । निवाृचन नजिकिएसँगै राजनीतिक दलहरु चुनावी परिणामलाई आफनो पोल्टामा पर्न दाउमा गठबन्धनको अभियानमा जुटिरहेका छन् । संविधान कार्यान्वयनको चरणमा छ । दलहरुको गठबन्धनले संविधान कार्यान्वयनमा चुनौती पनि देखिएको छ । बाम र लोकतान्त्रिक गठबन्धन आ आफनै ढंगले चुनावी अभियानमा जुटिरहेका छन् । यो असर जिल्ला तहमा पनि उत्तिकै परेको देखिएको छ । सबै राजनीतिक दलहरुले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेका छन् । यसैक्रममा भक्तपुर काँग्रेसले पनि यी दुबै तहमा गरी दर्जनबढी नेताहरुको नाम सिफारिस गरेको छ । यसै सन्दर्भमा भक्तपुर क्षेत्र नं २ बाट आशन्न प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबाट उम्मेदवारका लागी सिफारिसमा परेका तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका तत्कालिन काँग्रेस भक्तपुरका पाटी सचिव विनोदप्रकाश कायस्थसँग भक्तपुर न्यूज डटकमका लागी गरिएको संवाद ः
आजभोली के गर्दैं हुनुहुन्छ ?
आजभोली चुनाव लागेको छ । काँग्रेसकै संगठन विस्तार, कार्यकर्ता भेटघाटमै व्यस्त हुँदै आईरहेको छु ।
प्रतिनिधि सभा निर्वाचनमा हजुरको पनि चर्चा छ नि ?
स्वविभव रुपमा हो । अहिले भक्तपुरको दुई नंमबर क्षेत्रबाट मेरो चर्चा भैरहेको निश्चित हो । विगत लामा समयदेखि काँग्रेसमा बसेर भक्तपुरको संगठन विस्तारमा लागेकै कारण अहिले प्रतिनिधि सभा उममेदवारमा म सिफारिस भएको हुँ ।
सिफारिसमा पर्नु भएको छ हजुरले टिकट पाउने आधार के के छन ?
म २०३६ सालदेखि निरन्त्र रुपमा पाटीका हरेक नीति निर्देशन र कार्यक्रममा सहभागी भैरहेको छु । ०३८ सालमा राष्ट्रिय पञ्चायत निर्वाचन बहिस्कारको क्रममा जेल समेत परे । २०४२ सालको सत्याग्रहमा पनि जेल परे । २०४६ सालको जनआन्दोलनमा भक्तपुरमा नेतृत्वदायी भूमिकामा रहेर काम गरे र पाटीमा २०४३ सालमा देखि जिल्ला सहसचिव ०४६ सालमा सचिव भएर काम गरेको छु । २०५३ सालको जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा गोलाप्रथाबाट पराजित भएपनि अहिलेसमम निरन्तर काँग्रेसको नीति कार्यक्रममै सक्रिय भएर लागिरहेको छु । २०५४ सालमा तरुण दलको केन्द्रीय समितिमा रहि ०५९ सालदेखि दलको केन्द्रीय अध्यक्षको हैसियतले प्रतिगमन र निरकुंश राजतन्त्र विरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । यसैलेपनि मेले यो पटक प्रतिनिधि सभाका लागी टिकट पाउनुपर्छ ।
मानौं चुनाव जित्नु भयो भक्तपुरको विकासमा तपाईका योजना के ?
मुलतः भक्तपुर राजधानीसागै जोडिएको जिल्ला भएरपनि विकास हिसाबले अझै पनि पछाडी नै परेको छ । यस अघिका साँसदहरुले समग्रमा यहाँको विकास निर्माणका साथै बहुसंख्यक किसानहरुले झेलिरहेका समस्या, युवा रोजगारीको तर्फ ध्यान नदिएको अबस्था छ । यहाँको आर्थिक समृद्धिका लागी ठूला उद्योग कलखाना र व्यापार व्यवसाय अभिबृद्धिका लागी गम्भीरताका साथ काम गरेको देखिदैन् । मैलै अहिले प्रतिनिधि सभामा प्रतिनिधित्व गरे भने भक्तपुरका समृद्धिका लागी यहाँका तमाम खाले समस्याहरुको पहिचान गरी ती समस्याको क्रमश समाधानमा निरन्तर लागी रहनेछु ।
टिकट वितरणमा काँग्रेसमा ठूलै आर्थिक चलखेल हुन्छ भन्ने आरोप छ नि ?
नेपाली काँग्रेसको यसअघिको पाटी विभाजनपछि फेरि एकिकरण भएर अघि बढेको छ । अझैपनि कतिपय नेताहरुमा पुरानै मानसिकता कायम रहेको छ । हिजोको जस्तै अहिलेपनि गुटगत अवधारणाबाट केही नेताहरु अघि बढिरहेका छन् । यसले पनि बाहिर यस्तो हल्ला आएको हो । अहिले विकसित राजनीतिक अबस्थामा पाटी सम्पूर्ण रुपबाट एक भएर जान जरुरी रहेको कारण टिकट वितरणमा बाहिर आएको जस्तो हल्ला पाटीमा छैन् ।
काँग्रेसमा टिकट वितरण प्रक्रिया कस्तो छ ?
अहिलेको चुनौतीपूर्ण स्थितीमा पाटी कार्यकर्ताको पाटीमा योगदान, उसको क्षमता, सक्रियता, लोकप्रियतालाई आधार मानेर टिकट वितरण गर्दा पाटीले निर्वाचनमा जित हासिल गर्ने सम्भावना रहन्छ । यसैलाई आधार मानेर पाटीका शिर्षनेताहरु अघि बढ्नुपर्छ । यसो गरियो भने टिकट वितरण प्रक्रिया पारदर्शी र सबैको मन जित्ने खालको पनि हुन्छ ।
काँग्रेसभित्रको ६०÷४० लाई कसरी हेर्नु भएको छ ?
वास्तवमै यसको शिकार दुबै गुटका क्षमतावान साथीहरुमा छ । कतिपय क्षमतावान साथीहरु अवसरबाट बञ्चित भैरहेका छन् । ६०÷४० कै कारण जसले नेताको चाकडी गर्छ जो नेताको अघिपछि देखिन्छ उसैले लाभ लिईरहको अबस्था छ । गाउँटोलदेखि जिल्लातहमै काँग्रेसको इमान्दार सिपाही भएर निरन्तर पाटीमा सक्रिय रुपमा लागिरहेका कतिपय साथीहरु यसै कारणले पनि अवसरबाट ब१िचत भैरहेका छन् । काँग्रेसमा देखिएको यो भागबण्डालाई निमिट्यान्न पार्न नसकेसम्म कार्यकर्ताको मनोबल बढ्दैन भने पाटी संगठन लगायतका काममा समेत आन्तरिक चुनौती भैरहन्छ । यसैले यसको अन्त्य हुन आबश्यक देखिन्छ ।
दलहरुको पछिल्लो गठबन्धन के हो ?
अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौ । यस्तो बेलामा पाटीहरुमा देखिएको गठबन्धनको धुविकरणले फेरिपनि संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासमा चुनौती देखिएको छ । एकातिर कार्यकारी राष्ट्रपति र अर्कोतिर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डाले संविधान कार्यान्वयनलाई समस्यामा पारेको छ । प्रमुख राजनीतिक पाटीहरु अझै केही समय सहकार्य गरी अघि बढ्नुपर्ने बेलामा भैरहेको गठबन्धनले फेरि पनि राजनीतिक समस्या सृजना गर्न सक्ने समभावना रहेको छ । २००७ र २०४६ सालपछि प्रमुख राजनीतिक दलहरुको खिचातानीकै कारण देश प्रतिगमनतर्फ धकेलिएको विगतको इतिहास ताजै छ । भर्ख संविधान कार्यान्वयनको चरणमा आईरहदा पाटीबीच बढेको तिक्तताले फेरिपनि दशे २०४६ सालतिरै जान्छ कि भन्ने चिन्ता लागिरहेको छ ।
काँग्रेस नै निर्वाचन नगराउने खेलमा लागिरहेको छ नि ?
स्थानीय तहको निर्वाचन सकिएको छ । काँग्रेस नेतृत्वको सरकारले अहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने जिममेवारी पनि पाएको छ । यो अबस्थामा देशलाई निकासदिन र संविधान कार्यान्वयनका लागी पनि निर्वाचन बाहेक अरु विकल्प छैन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी सरकारके निर्देशन अनुसार निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरिरहेको छ । यसैलेपनि तोकिएकै समयमा यी दुबे तहको निवाृचन हुन आबश्यक रहेको छ । निर्वाचन नगर्ने भन्दा पनि तोकिएको समयमा हेरफेर गर्न सकिने एउटा कुरा होला तर निर्वाचन गर्नैपर्छ भन्ने काँग्रेस कार्यकर्ताको पनि अपेक्षा रहेको देखिन्छ ।
भक्तपुरमा काँग्रेसको चुनावी अभियान कस्तो भैरहेको छ ?
प्रदशे तथा प्रतिनिधि सभाको निवाृचनका लागी सिगों पाटी, पाटीका जिल्ला तहका नेता र कार्यकर्ता सक्रिय रुपमा अभियानमा जुटिसकेको अबस्था छ । गाउँटोलदेखि जिल्लासम्म संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण, प्रचारप्रसार लगायतका कामहरु भैरहेका छन् । काँग्रेसका पक्षमा दुबै तहको परिणाम आओस भन्ने उद्देश्यका साथ हामी सत्रmिय रुपमा चुनावी अभियानमा लागिसकेका छो । चुनावी तयारी भैरहेको छ । भक्तपुरका जनतापनि कााग्रेसको पक्षमा मतदान गर्न आतुर भएको देखिएको छ । अभियान जारी छ ।
अन्त्यमा केही भन्नु छ ?
जिल्लाको समग्र विकास, जनताका सामाजिक काम लगायतका विविध समस्याको समाधानमा काँग्रेस नै लागि परेको र लाग्ने भएका कारण आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसका उममेदवारहरलाई मतदान गरिदिन सम्पूर्ण जिल्लाबासी मतदाताहरुमा अनुरोध गर्दछु । काँग्रेसको पक्षमा मतपरिणाम ल्याउनका लागी काँग्रेस जिल्ला तहका नेता कार्यकर्तालाई पनि आ आफनो क्षेत्रमा सक्रियत रुपमा गुटरहित ढंगबाट प्रचार प्रसारमा जुट पनि आग्रह छ ।