भक्तपुरमा ट्रायल सेन्टर सञ्चालन
भक्तपुर, २८ असोज । यातायात कार्यालय भक्तपुरले जिल्लामै पहिलो पटक सवारी चालक अनुमति पत्र लाईसेन्सको प्रयोगात्मक परीक्षा अर्थात ट्रयाल सेन्टर संचालनमा ल्याएको छ । यसअघि ट्रायल सेन्टर सञ्चालनमा नआउदा सयौं सेवाग्राहीले सासती भोग्दै आईरहेका थिए ।
भक्तपुरसँगै उपत्यका लगायत पूर्वी जिल्लाका सेवाग्राहीलाई सहज रुपमा सवारी चालक अनुमति पत्र लगायतका सेवा दिने उद्दश्यले स्थापना भई गएको माघ २ गते यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरेको राधेराधेस्थित मैदानमा कार्यालय उक्त सेवा शनिबार(आज)देखि शुरु गरेको छ ।
कार्यालयका प्रमुख अनुज घिमिरेले यस भक्तपुरमा ट्रायल सेन्टर नहुदाँ सेवाग्राहीले सास्ती खेप्नु परेको स्वीकार्दै आगामी दिनमा यस्तो समस्या भोग्नु नपर्ने बताए । उनलेअ ब भक्तपुरमे नियमित प्रयोगात्मक परीक्षा हुने जानकारी दिए । भक्तपुर कार्यालयमा दैनिक ३ सय भन्दा बढी सेवाग्राही आउने गरेको उनले बताए । भक्तपुरवाट परिक्षा लिने, रिनिउँ गर्ने लगायतका कार्य भए पनि ट्रायलको ब्यवस्था भने गर्न नसकिएको कार्यालयले बताएको छ ।
घिमिरेका अनुसार हालसम्म भक्तपुरबाट नयाँ लाईसेन्सका लागि ७ हजार ८ सय ४६ जनाले सेवा लिई सकेका छन् । नविकरण गर्नेको संख्या भने ५ हजार २ सय २२ रहेको छ । नयाँ लाईसेन्स र नविकरणबाट १ करोड २८ लाख ८३ हजार राजस्व संकलन भएको उनले जानकारी दिएका छन् ।