उपत्यकामा कुमारी पुजा आराधना

भक्तपुर न्यूज

१८ असोज २०७४ ४:०८

उपत्यकामा कुमारी पुजा आराधना

भक्तपुर, १८ असोज । दशैंका अवसरमा भक्तपुरका बासिन्दाले उपत्यकाका जीवित देवी कुमारीको पूजा आराधना गरेका छन् । बडादशैंका अवसरमा भक्तपुर, ललितपुर, काठमाडौ र बुङ्मतीका पाँचवटै जीवित देवी कुमारीको पूजा आराधना गरी कुमारीहरुलाई टीका र प्रसाद वितरण गरिएको छ ।

जीवित देवी कुमारीमध्ये भक्तपुरकी देवी स्थानीय क्वाठन्डांैमा र ललितपुरको गाःबहालमा आजीवन कुमारीसहित दुईजना कुमारी बस्दै आएका छन् । त्यस्तै, काठमाडौंको वसन्तपुर र बुङ्मतीको कुमारीघरमा पनि कुमारी बस्दै आएकी छिन् ।

भक्तपुरका राम शिल्पकारको नेतृत्वमा भक्तपुरका स्थानीयको टोली कुमारी घरहरुमै पुगेर कुमारीको पूजा अर्चना गरी टीका प्रसाद वितरण गरेका थिए । कुमारीको दर्शन र पूजा आराधनाका लागि भक्तपुरबाट झण्डै पाँच सय भक्तजन सहभागी भएका थिए । विशेषगरी उपत्यकाका जीवित देवी कुमारीहरुले बडादशैंका अवसरमा सर्वसाधारणलाई दर्शन दिने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *