त्रिपक्षिय कम्यूनिष्टबीच ६ बुँदे सहमति, चुनावमा तालमेल, लगतै पार्टी एकता

भक्तपुर न्यूज

१७ असोज २०७४ १२:२५

त्रिपक्षिय कम्यूनिष्टबीच ६ बुँदे सहमति, चुनावमा तालमेल, लगतै पार्टी एकता

काठमाडौं  । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्तत पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन्।

आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको छ। दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्। चुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ। कुन पार्टीले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने टुंगो छलफलपछि लगाउने सहमति भएको छ।

चुनावी तालमेल र पार्टी एकीकरणमा मुख्य चुनौती हुने नेतृत्वको विषय पनि दुवै पार्टीले टुंग्याएका छन्। सरकार बनाउने अवसर आएको खण्डमा दुवै पार्टीका नेताले आलोपालो गर्ने सहमति भएको र यो विषय सहमतिपत्रमै लेखिएको एक एमाले नेताले बताए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब एक सातादेखि धेरैपटक एक्लाएक्लै भएका छलफलपछि यी विषयमा सहमति जुटेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *