सात लाख भूकम्पपीडितको दशैं टहरामै

भक्तपुर न्यूज

६ असोज २०७४ २:१४

सात लाख भूकम्पपीडितको दशैं टहरामै

भक्तपुर, ६ असोज । २०७२ वैशाख १२ को मा गएको महाभूकम्पका कारण घरवारबिहीन भएका भक्तपुर लगायत अन्य जिल्लाका नागरिकहरु अहिलेपनि कष्टकर जीवन विताईरहेको छन् । नेपालीहरुको महान चाड दशै नजिकिदैं गर्दा उनीहरुमा बासको चिन्ताले पिरोलेको छ ।

दशै अघि ने भुकम्प पीडितलाई घरबासको व्यवस्था गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांके पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय ९८ घरधुरी सूचीकृत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *