भक्तपुरमा किटनाशक औषधिका कारण तरकारी उत्पादनमा ह्रास

भक्तपुर न्यूज

२१ भदौ २०७४ ५:५९

भक्तपुरमा किटनाशक औषधिका कारण तरकारी उत्पादनमा ह्रास

भक्तपुर, २१ भदौ । तरकारीको शहर भक्तपुर तरकारी उत्पादनका लागि परिचित स्थान हो । तरकारी उत्पादनमा पछिल्लो समयमा स्थानिय रैथाने उत्पादन लोप हुन र आधुनिकताको आगमनसँगै बिभिन्न खालका किटनाशक औषधि र रसायनिक मलको अत्याधिक प्रयोग नै उत्पादनको कमिको पहिलो कारण बनेको जानकारहरु बताउँछन् ।

मध्यपुर थिमिको बोडे तरकारी उत्पादनको राम्रो स्थानका रुपमा लगिन्छ, सरल भाषामा भन्नु पर्दा यो तरकारी उत्पादनको लागि पकेट क्षेत्रका रुपमा समेत बुझिन्छ । पछिल्लो समयमा तरकारीमा बिभिन्न खालका रोग लाग्नुको कारण माटोको खरावी नै रहेको किसानहरुले आफ्नो उत्पादन स्थानको माटो परिक्षण गरे पछि जानकारी भएको बताउँछन् । यस क्षेत्रमा उत्पादन हुने तरकारीमा बिभिन्न खालका रोग देखा पर्दा किसानहरु मर्कामा परेका छन् ।

बिशेषत हरियो तरकारकारीको जरामा गाँठो पर्ने रोगले हैरान पारेको छ । यो रोग लागपछि तरकारी ओइलियर जानुका साथै उत्पादन समेत आधा भन्दा कम हुने कारणले किसानहरुले सास्ती खेप्नु परेको छ । यस बर्ष मात्र किसानहरुले थिमि क्षेत्रमा लाखौं मूल्य बराबरको तरकारी उत्पादनमा घाटा भोग्नु परेको किसान बासुदेब घजु बताउँछन् । उनी भन्छन् तरकारी उत्पादनमा कमी आउँदा बजार मूल्य बढ्नुका साथै उपभोक्ताले बढी मूल्य तिर्नु परेको हो ।

एका तर्फ तरकारी उप्तादनमा कमी आउनु र बिभिन्न रोगका बारे भक्तपुर कृषि कार्यालयलाइ बारम्बार जानकारी गराउँदा समेत किसानको मर्का तर्फ ध्यान नदिनुले जिल्ला कृषि कार्यालय भक्तपुरका किसान मैत्री नभएको उनी गुनासो पोख्छन् । अर्का किसान मान बहादुर श्रेष्ठ भन्छन् जिल्ला कृृषि कार्यालय भक्तपुले यस क्षेत्रका किसानका समस्या बारे जानकारी हुँदा समेत केहि नगरेको बताउँछन् । बारम्बार कृषि कार्यालयलाई यस क्षेत्रका किसानका समस्या बारे घच्घचाउँदा समेत पहुँच नभएकै कारण केही नगरेको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *