भक्तपुरमा इन्द्रजात्रा  शुरु

भक्तपुर न्यूज

१८ भदौ २०७४ ६:३३

भक्तपुरमा इन्द्रजात्रा  शुरु

भक्तपुर । मंगलबार हुने इन्द्रजात्राका लागी भक्तपुरमा तयारी तीब्र पारिएको छ । आइतबारदेखि भक्तपुरमा इन्द्रजात्राको रौनक शुरु भैसकेको छ । यहाँका चोक चोकमा आइतबार बिहानै यम्बोःद्यो ठड्याएसँगै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा सुरू भएको संस्कृतविद् ओम धौभडेलले जानकारी दिए ।
भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिंगो ठड्याउने प्रचलन छ । ती लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको थालनी गरिदै आईएको छ । यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रूपमा लिदैं आएको धौभडेलले बताए ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाएका थिए । खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरूले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखेका थिए । जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जीत भएको खुशियालीमा इन्द्रजात्रा मनाइँदै आएको अर्का संस्कृतिकर्मी पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए ।
धार्मिक पूजाआजासहित आइतबार इताछें, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायत स्थानमा यम्बोःद्यो ठड्याइएको छ । जात्रा आठ दिनसम्म मनाइन्छ । भक्तपुरसँग काठमाडौ र ललितपुरमा पनि इन्द्रजात्राका लागी तयारी भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *