बाढी क्षेत्रमा बिरामीको बेहालः न औषधि, न खानेकुरा
काठमाडौं, १७ भदौ । । राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारुलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न घरमा खानेकुरा नै । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ । अनि कसैलाई चिलाउने रोग छ ।
केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो । एउटा त्रिपाल टाँगेर उनीहरु अहिले त्यसैमा दिन काटिरहेका छन् । राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि व्यथा उस्तै छ । उनलाई पनि ज्वरो आइरहेको छ । गाउँमा भएका स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता बिरामीलाई उत्तिकै सास्ती छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६