एक लाख ४६ हजार लाइसेन्समा प्वाल, तीन सय ४८ निलम्बन

भक्तपुर न्यूज

८ भदौ २०७४ ९:४३

एक लाख ४६ हजार लाइसेन्समा प्वाल, तीन सय ४८ निलम्बन

काठमाडौं । सडक दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको मादकपदार्थ सेवन (मापसे) अभियान अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट गरी सवारी साधन चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ ।
महाशाखाले पाँचौं पटकसम्म लाइसेन्समा प्वाल पर्ने र छैटौँ पटक मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको जनाएको छ ।
महाशाखाले वि.सं. २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एक लाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ ।
जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सात हजार ९५४, चौथोपटक दुई हजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका छन् ।
महाशाखाले आर्थिक वर्ष २०६९÷७० मा २२ हजार २७२, २०७०÷७१ मा ४८ हजार ६६९, २०७१÷७२ मा ३१ हजार ८२४, २०७२÷७३ मा २४ हजार १०२ र २०७३÷७४ मा १९ हजार ६२४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।
महाशाखाले पछिल्लो समयमा मापसे गरी सवारी साधन चलाउने चालकको सङ्ख्यामा कमी आएको जनाएको छ । मापसे गरि सवारी साधन चलाउनेको संख्यामा कमी आएता पनि यसको नियन्त्रण भने जारी रहेको शाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *