दोस्रो किस्ता बुझदै भक्तपुरका भुकम्पपीडित
कमल न्यौपाने
भक्तपुर, ७ भदौ । भूकम्पपीडितका लागि आवास निर्माण गर्न सरकारले दिने अनुदान स्वरुपको रकमको दोस्रो किस्ता वितरण भैरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भक्तपुर शाखाले दिएको जानकारी अनुसार बुधबारसम्म दोस्रो किस्ताका लागी २ सय ६६ जनाले रकम बुझिसकेका छन् ।
दोस्रो किस्तामा प्राधिकरणले डेढ लाखका दरले रकम वितरण गरेको प्राधिकरण भक्तपुरका प्रमुख मुरारी अबस्थीले जानकारी दिए । दोस्रो किस्ताका लागी भक्तपुरका १ अर्ब रुपैयाा आएको र यो रकम यहाँका ७ हजार जना भुकम्पपीडित जो घर बनाउँन शुरु गरेका र घर बनाईसकेका भुकम्पपीडितलाई वितरण गरिने उनले बताए । पहलिो किस्तामा प्रतिव्यक्ति ५० हजारका दरलेबाँडिने भनिएको राहत रकममध्ये करिब ३८ करोड फ्रिज गएको बताउँदै प्रमुख अबस्थीले अहिले प्राधिकरणमा आबश्यक प्रक्रिया पुरा गरि आउने भुकम्प पहिचान भएका व्यक्तिले राहत रकम पाउने जानकारी दिए ।
यसमा भुकम्प पीडित भएको पहचिानसहितको कागतजात आबश्यक पर्ने छ भने घर बनाउँन शुरु गरेको र बनाईसकेको भए त्यसको पनि प्रमाण आबश्यक पर्ने बताईएको छ । काठमाडांै, भक्तपुर जिल्लाका कतिपय भूकम्पपीडित दोस्रो किस्ताबापतको रकम लिन आएका छैनन । यसअघि काठमाडौंमा ३५ हजार नौ सय ५१ घरधूरीले अनुदान सम्झौता गरेका थिए । तर पनि ३४ हजार नौ सय आठ जनाले पहिलो र थोरैको संख्यामा दोस्रो किस्ताको रकम लिएका छन् ।
भक्तपुरमा २१ हजार ८७ जनाले अनुदान सम्झौता गरेमध्ये २० हजार छ सय २६ ले पहिलो र ५० घरधूरीले दोस्रो किस्ता लिएको प्राधिकरण शाखा भक्तपुरले जानकारी दिएको छ । भक्तपुरका भूकम्प पीडितले पहिलो किस्ताबापतको प्रतिपरिवार ५० हजार बुझेको र दोस्रो किस्ताक ालागी अभियान चलिरहेको छ । आगामी बर्षको असार मसान्तसम्म सबै भुकम्पपीडितहरुले सबै किस्ताको रकम लिईसक्नुपर्ने प्रावधान रहेको अबस्थीले जानकारी दिए ।
वितरण भैरहेको दोस्रो किस्ताका लागी भने पीडितले आगामी पुससम्ममा रकम लिन सक्न्े व्यवस्था गरिएको छ । भक्तपुरका चारवटै नगरपालिकाका गत २ गतेदेखि भुकम्पपीडितको पुन सर्वेक्षणका काम पनि शुरु भैसकेको प्राधिकरण भक्तपुरले बताएको छ ।