भक्तपुरमा थपिए १४ हजार मतदाता

भक्तपुर न्यूज

७ भदौ २०७४ ६:१७

भक्तपुरमा थपिए १४ हजार मतदाता

भक्तपुर, ७ भदौ । स्थानीय तहको पहिलो चरणमा मतदान गर्न नपाएकाहरुलाई मध्यनजर राख्दै सरकारले छुटेका मतदाहरुको मतदाता नामावली संकलन कार्य सकेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भक्तपुरका हकमा छुटेका मतदाताहरुको नामावली संकलन अन्तर्गत ३६ हजार ८ सय ७५ थप मतदाताको फोटो सहितको नामावली दर्ता भएको जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।
भक्तपुर जिल्लाका १४ हजार ३ सय १३ मतदाता र बाँकी अन्य जिल्लाका २२ हजार ५ सय ६२ जना मतदाताहरुले समेत भक्तपुरमा नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश कुमार राईले भक्तपुरन्युज डटकमलाई जानकारी दिए । चार नगरपालिका रहेको भक्तपुरमा स्थानीय तहमा ३८ वडा रहेका छन् भने भक्तपुरमा हाल १ लाख ६१ हजार ५ सय २९ मतदातामा १४ हजार ३ सय १३ मतदाता थपिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *