डाइग्नोस्टिक ल्याप्रोस्कोपी  प्रविधि प्रभावकारी बन्दै

भक्तपुर न्यूज

१७ साउन २०७४ ३:५६

डाइग्नोस्टिक ल्याप्रोस्कोपी  प्रविधि प्रभावकारी बन्दै

। डा. शोभा मारिखु ।

पछिल्लो समय डाइग्नोस्टिक ल्याप्रोस्कोपी  प्रविधि प्रभावकारी बन्दै गएको छ । लामो समयसम्म महिलाको पेट दुखेको समस्या पत्ता लाग्न नसकेको अवस्थामा यो विधिबाट धेरैले सेवा पाउन थालेका छन् । अल्ट्रासाउण्ड गर्दा समेत पत्ता लगाउन नसको अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपबाट रोगको पत्ता लगाउन सकिन्छ ।
के हो ल्याप्रोस्कोपी ?
ल्याप्रोस्कोपी भनेको रोगको प्रविधि पत्ता लगाउने र पत्ता लगाएसँगै त्यसको समाधान पनि गर्ने प्रविधि हो । यसमा नाइटो मुनि सानो प्वाल पारेर पेट भित्र दुर्बिन छिराएर त्यहा भएकोे समस्याको हर्नु हो । यस प्रविधिबाट पेटभित्र रहेको समस्या पत्ता लगाएसँगै शल्यक्रिया गर्न सकिन्छ ।


कस्तो अवस्थामा गर्ने ?
महिलाको पेटको समस्याहरु जस्तै तल्लो पेट दुखिरहने, दुखाई कम गर्ने औषधि सेवान गर्दा ठिक हुने र पछि फेरी दुखाई सुरु हुने, क्रोनिक पेल्भीक पेन भएका बिरामीलाई डायग्नोस्टिक ल्याप्रोस्कोपी गरेर जाँच गरिन्छ । महिलाहरुको यस्तो समस्यामा भिडियो एक्स–रे गर्दा कुनै समस्या नदेखिने, रगत, पिसाव जाँच गर्दा पनि पत्ता नलाग्ने, रिर्पोट सामान्य आउने हुन्छ । यस्तो अवस्थामा डाइग्नोस्टिक ल्याप्रोस्कोपी गरिएमा रोगको पत्ता लगाउन सकिन्छ ।  सानो दुर्बिन पठाएर पाठेघरमा मासु पलाएको, पाठेघरको बनावट, पाठेघर फुलेको, अण्डाकोष ( इखबचथ ) मा मासु पलाएको ,पानी वा रगत जमेको ल्यापारोष्कोपिक प्रविधिबाट निकाल्न सकिन्छ ।
इन्डोमेट्रियोसीस् (भ्लमयmभतचष्यकष्क) रोगका कारण पेट दुखाईमा औषधि सेवन गर्दा समेत निको हुदैन । लामो समय सम्म दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने, दिशा गर्दा दुख्ने, महिनावारीमा हुने समस्यामा फाइदा हुन्छ । यस्तो समस्या अल्ट्रासाउण्डमा देखिदैन जसका लागि ल्याप्रोस्कोपी नै गर्नु पर्ने हुन्छ । बाझोपनाका समस्या पनि यो लाभदायक मानिन्छ । किनभने यसबाट पाठेघरको बनावट, ओभरी सामन्य छ छैन देखिनुको साथै पाठेघर सानो भएको अवस्था थाहा पाउँन सकिन्छ । यसबाट क्रोमोट्युवेसन (त्गदभ त्भकतष्लन) पनि गर्न सकन्छि । पाठेघरका मिथालिन व्लु भन्ने औषधि पठाइन्छ । जसको माध्यमबाट ट्युवहरु खुला छ÷छैन जाँच गर्न सकिन्छ । यसको साहेताले कतै अवरोध भएका पनि ट्युव खुल्न जान्छ ।

कसरी गरिन्छ ?
डाइग्नोस्टिक ल्याप्रोस्कोपीका लागी पनि जनरल एनेथेसिया दिएर वेहोस बनाएर नै गर्नु पर्ने हुन्छ । नाइटो मुनी सानो प्वाल पारेर त्यसबाट सर्बप्रथम पेटमा कार्वनडाइअक्साइड पठाईन्छ । जसले पेट फुल्न जान्छ । त्यसपछि त्यहाँबाट दुर्बिन छिराइन्छ । यसको साथै अरु २ वटा प्वाल पारेर त्यसबाट शल्यक्रियाका लागि आवस्यक साना साना इन्ष्ट्रमेन्ट पठाइन्छ । साथै डिम्बको अवस्था, ट्युवको अवस्था हेरेर शल्यक्रिया गरिन्छ ।
पहिला पेटमा भएको समस्याहरुको लागि पेटमा ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको थियो । यसरी शल्यक्रिया गर्दा सिमित क्षेत्रमा मात्र हेर्न सकिन्थ्यो भने ल्याप्रोस्कोपी प्रविधिमा पेट भित्रको सम्पूर्ण समस्याको अवस्था थाहा पाउन सकिन्छ । यसरी शल्यक्रिया गर्दा घाउ सानो हुने दुखाई कम हुनुको साथै एन्टिवायोटिकको र अन्य औषधी समेत कम गर्न सकिन्छ । ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गर्दा अस्पतालमा धेरै बस्नु पर्दैन । यो प्रविधि महङ्गो भए पनि धेरै बिरामीले यसको सदुपयोग गर्न सकुन भन्ने उदेश्यले यसलाई सस्तो भन्दा सस्तोमा सेवा दिदै आएका छौं ।
                                                                                          डा. मारिखु ,इवामुरा अस्पतालकी स्त्री रोग विशेषज्ञ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *