इटहरीमा भीषण आगलागी, सात करोड क्षति

भक्तपुर न्यूज

३० असार २०७४ ५:५८

इटहरीमा भीषण आगलागी, सात करोड क्षति

इटहरी, ३० असार । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ ।

कार्कीले सञ्चालन गरेको मार्बल टायलको दोकानसँगै रहेको विराट आयुर्वेदको पतञ्जलिको आयुर्वेद औषधि, खाद्यान्न सामग्री र दैनिक उपभोग्य वस्तुसमेत नष्ट हुँदा करिब रु ६० लाखभन्दा बढीको नोक्सानी भएको सञ्चालक योगेन खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *