एथ्लेटिको मड्रिड विजयी
एजेन्सी ८ फागुन । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । एथ्लेटिको मड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले हराएको हो ।
एथ्लेटिको मड्रिडको जितमा केविन गामेइरोले पाँच मिनेटको बिचमा ह्याट्रिक पूरा गरेका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको एथ्लेटिको मड्रिडका लागि दोस्रो हाफको सुरुमा नै यानिक काररास्कोलेले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ४९ औं मिनेटमा सर्जियो एल्वारेजले गिजोनका लागि बराबरी गोल फर्काए । ६१ औं मिनेटमा मैदान छिरेका गामेइरोले ७९ देखि ८४ मिनेटको बिचमा ह्याट्रिक पूरा गरे । उनले ७९, ८१ र ८४ औं मिनेटमा गोल गरेका हुन् । गामेइरोको पाँच मिनेट भित्रको ह्याट्रिकपछि एथ्लेटिको ४–१ ले विजयी भयो । गामेइरोको ह्याट्रिक ला लिगामा सन् २००६ यता सबै भन्दा छिटो भएको ह्याट्रिक हो । सन् २००६ मा डेविड भिल्लाले भ्यालेन्सियाका लागि एथ्लेटिको बिल्बाओसँगको खेलमा पाँच मिनेट भन्दा कम समयमा ह्याट्रिक गरेका थिए । जितपछि चौथो स्थानको एथ्लेटिको मड्रिडको २३ खेलबाट ४५ अंक भएको छ ।
राति नै भएको खेलमा एलाभेसले डिप्रोटिभो डि लाकोरुनालाई १–० ले हरायो ।