मलेसियामा ३१ जना पर्यटक चढेको डुंगा सम्पर्कबिहीन
एजेन्सी , १६ माघ । मलेसियामा पर्यटक चढेको डुंगा सम्पर्कबिहीन भएको छ । ३१ जना पर्यटक चढेकोे डुंगामा २० जनाभन्दा धेरै चिनियाँ पर्यटक रहेको अनुमान गरिएको बिबिसीले जनाएको छ ।
हिजो बिहान मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको डुंगा सम्पर्कबिहीन भएको हो । खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएको खबरमा उल्लेख छ ।
हप्ताव्यापी नयाँ वर्ष मनाउने क्रममा रहेका चिनियाँ पर्यटक चढेको डुंगा चिनिया नयाँ वर्षको पहिलो दिन नै सम्पर्कबिहीन भएको हो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००