विद्युत प्राधिकरणले माग्यो ड्राइभरदेखि उपनिर्देशकसम्मको कर्मचारी
काठमाडौं, २७ पुस । नेपाल विद्युत प्राधिकरणले नयाँ कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त पदपूर्तिका लागि २ सय ७७ जना कर्मचारी माग गरेको हो। उपनिर्देशकदेखि मिटर रिडरसम्मको पदका लागि कर्मचारी माग गरिएको छ।
अधिकृत स्तरमा उपनिर्देशक १, चार्टड एकाउन्टेन्ट १, सहायक प्रवन्धक ४, प्रशासकीय अधिकृत ६, लेखा अधिकृत ६, समाजशास्त्री १, इन्जिनियर ३६, सर्भे अधिकृत २ जना माग गरिएको छ। तिबाहेक क्षेत्रीय स्तरमा मिटर रिडिङ, लेखापाल, सुपरभाइजर, इन्जिनियर, फोरमेन, इलेक्ट्रिसियन, ड्राइभर, जुनियर मिस्त्री समेत माग गरिएको छ।
माघ २७ गतेसम्म इच्छुकले आवेदन दिन सक्ने छन्। प्राधिकरणको वेबसाइट डब्लुडब्लुडब्लु डट एनईए डट जिओभी डट एनपीबाट फारम डाउनलोड तथा प्रिन्ट गरी आवेदन बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका क्षेत्रीय कार्यालयहरु बिराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, नेपालगन्ज, अत्तरिया तथा काठमाडौंको हकमा खरिपाटी भक्तपुरमा आवेदन बुझाउनुपर्नेछ। तहअनुसार परीक्षा दस्तुर ४ सय २५ देखि १५ सय ५० रुपैयाँसम्म तोकिएको छ।