युएईमा ६६ नेपालीले ज्यान गुमाए
युएई । सन् २०१६ मा युएईमा ६० जना पुरुष र ६ जना महिला गरी जम्मा ६६ जना नेपाली कामदारको मृत्यु भएको छ । सन् २०१५ मा ६४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।
हृदयघात, मस्तिष्क पक्षघात तथा धेरै रक्सी खाएका कारण सन् २०१६ मा ३६ जनाको मृत्यु भएको छ । २२ जनाको हृदयघातका कारण, ८ जनाको बिभिन्न रोग लागेर र ५ जनाले धेरै जाडरक्सी खाएका कारण मृत्यु भएको र एक जनाको मृत्युको कारण खुलेको छैन ।
युएईस्थित नेपाली दूतावासको तथ्याँक अनुसार १२ जनाले आत्महत्या गरेको र १८ जना दुर्घटनामा परेका छन् । यसमध्ये ८ जनाको सडक दुर्घटना र अन्य ४ जनाको जलेर तथा पानीमा डुबेर मृत्यु भएको हो । त्यस्तै ३ जनाको कार्यस्थलमै दुर्घटना भएको, २ जनाको हत्या भएको र बाँकी एक जनाको कारण खुलेको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५