मेलम्ची भेटिएको पहेँलो पदार्थका बारेमा आज औपचारीक रुपमा जानकारी दिइने
काठमाडौ, २१ मंसिर( मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ के हो भन्ने बारेमा आज भूगर्भ विभागले औपचारीक रुपमा जानकारी दिइने जनाएको । पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएपनी आज विभागले औपचारीक जानकारी गराउन लागेको हो ।
गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंलो टल्कने पदार्थ फेला परेपछि सो पदार्थ सुन हुनसक्ने आशंकामा खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो । विभागले गरेको प्रारम्भिक अध्ययनले सो पदार्थ सुन नभएको देखाएको छ । विभाग स्रोतका अनुसार प्रारम्भिक अध्ययन तथा अन्वेषणले सो वस्तु सुन नभएको प्रमाणित गरेको हो ।
भौगोलिक अवस्थाअनुसार सुन हुनसक्ने सम्भावना अत्यतै कम छ । मेलम्चीको हेडवक्र्स साइटमा पहेंलो पदार्थ भेटिइपछि सो स्थानको सुरुङ खन्ने काम रोकिएको छ । समितिले सो वस्तुको अध्ययन प्रतिवेदन पछि मात्र सुरुङ निमार्णका लागि काम गर्ने गरी सुरुक्षा दिइरहेको छ ।