प्राधिकरणभित्रको आर्थिक अनियमितताको जालो तोडेकाले लोडसेडिङ्गमुक्त गराउन सम्भव भयो  : ऊर्जा मन्त्री शर्मा

भक्तपुर न्यूज

१६ मंसिर २०७३ १०:५३

प्राधिकरणभित्रको आर्थिक अनियमितताको जालो तोडेकाले लोडसेडिङ्गमुक्त गराउन सम्भव भयो  : ऊर्जा मन्त्री शर्मा

दसै, तिहार छठपर्वसँगै उपत्यकामा लोडसेडिङ्ग हुन छाडेको छ । विगतमा दैनिक १८ घन्टासम्म लोडसेडिङ्ग खेपेका सर्वसाधारणले यतिखेर ठूलो राहतको महसुस गरिरहेका छन् । नेपाल विद्युत प्राधिकरणले हिउँदभरीसमेत उपत्यकामा लोडसेडिङ्ग नगर्ने बताइरहेको छ । के वास्तावमै अब उपत्यका लोडसेडिङ्गमुक्त भएकै हो त ? उपत्यका लोडसेडिङ्गमुक्त सधैभरि सम्भव छ त ? अहिलेको जनशक्ति, स्रोत र साधनलाई उपयोग गरेर लोडसेडिङ्ग अन्त्य गर्न कसरी सम्भव भयो ? भन्ने चासो आम सर्वसाधारणमा छ । यसै विषयमा केन्द्रित रहेर हाम्रा प्रतिनिधि किरण बुढाथोकीले ऊर्जा मन्त्री जनार्दन शर्मा(प्रभाकर) सँग कुराकानी गरेका छौ । प्रस्तुत छ, मन्त्री शर्मासँग गरिएको कुराकानीको सारसंक्षेप :
तपाईले ऊर्जा संकटलाई अन्त्य गर्ने सिलसिलामा उपत्यकालाई लोडसेडिङ्गमुक्त बनाउन सफल हुनुभयो । यो कसरी सम्भव भयो ?
– थोरै जनशक्ति, स्रोत र साधनलाई पनि सही सदुप्रयोग गर्न सके जुनसुकै काम पनि सम्भव रहेछ भन्ने प्रमाण हो यो । लोडसेडिङ्ग घटाएको होइन हामीले नेपाल विद्युत प्राधिकरणभित्र भएको आर्थिक अनियमितता र भष्ट्राचारको जालो तोडेको मात्र हो । मैले कार्यभार समालेदेखि ऊर्जा संकट निवारण गर्न कसरी सकिन्छ ? भनेर अध्ययन गरेपश्चातको प्रतिफल पनि हो । जस्तो कि मन्त्रालयको जिम्मेवारी समालेदेखि हामीले लोडसेडिठ्ठ व्यवस्थापन, कर्मचारी व्यवस्थापन र पूर्वाधार व्यवस्थापनलगायत तीनचारवटा काम ग¥यौ । त्यसपछि त्यहाँभित्रका भष्ट्राचार र आर्थिक अनियमितता तथा विद्युत चुहावट नियन्त्रणमा ध्यान दियौं । त्यसको पहिलो प्रतिफलफलस्वस्प उपत्यकालाई लोडसेडिङ्गमुक्त गराउन सफल भएका हौं । त्यो अझै हाम्रो अभ्यासमा रहेकाले देशभरी लोडसेडिङ्गमुक्त गराउने अभियान चलाइरहेका छौ ।
वर्तमानमा विद्युतको माग र आपूर्तिबीचको फरक कति रहेछ ?
– लोडसेडिङ्ग ब्यवस्थापन गर्ने क्रममा माग त हरेक घण्टा फरक फरक भएको पाइन्छ । जम्मा कुल माग १४ सय मेगावाट हुने गरेको छ । हाम्रो आपूर्ति ७०० मेगावाटको हाराहारीमा हुुनु र माग १४ सय मेगावाट हुँदा पनि ब्यवस्थापन गर्न सके सम्भव हुन्छ । नेपाल विद्युत प्राधिकरणले दिएको तथ्यांकअनुसार २२ घण्टा त आफैं व्यवथापन हुन्छ । बाँकी २ घण्टाको पिक आवर व्यवस्थापनको विषय हो । क्राइसिसको बेलामा त्यसलाई सही व्यवथापन गर्नु नै मुख्य विषय रहेछ ।
ईच्छाशक्ति भएको खण्डमा लोडसेडिङ्गमुक्त गर्न सम्भव हुने रहेछ तर विगतका मन्त्रीले यो कार्य किन गरेनन् जस्तो लाग्छ ?
– विगतका मन्त्रीले किन गरेनन् भन्नु भन्दा पनि ईच्छाशक्ति भएको खण्डमा र देश तथा जनताको पक्षमा ईमान्दार, निवास्र्थ ढंगले काम गर्छु भन्ने सोच भएमा सम्भव छ । अरुले ग¥यो गरेन भन्ने भन्दा पनि त्यहाँभित्रको भष्ट्र कर्मचारी तथा विद्युत चुहावट गरेर ब्यापारीलाई बेच्ने अर्थात अर्को भाषामा भनौ ब्यवस्थापनको पाटो हो । तपाईले भन्नु भए जस्तै ईच्छाशक्ति भएमा यसअघि पनि लोडसेडिङ्गमुक्त गराउन सकिन्थ्यो भन्ने मलाई लाग्छ ।
माग हरेक घन्टा फरक फरक छ भन्नुहुन्छ, के हिउँदभरी उपत्यकालाई लोडसेडिङ्गमुक्त गराउन सकिन्छ ?
– उपत्यकालाई लोडसेडिङ्गमुक्त गराउन विभिन्न चुनौतीको सामाना त गर्नुपर्छ । जस्तो माग हरेक घण्टा फरक भएपनि हामीसँग इच्चा शक्ति हुनुप¥यो । आफैंले चुनौतीको सामना गर्नुप¥यो । पोहोर यतिबेला दैनिक ८÷९ घण्टा लोडसेडिङ्ग हुन्थ्यो । सप्लाइको अवस्था अहिले पनि उस्तै हो । अलिकति प्रभावकारी व्यवस्थापन नै हो । ८ महिना लोडसेडिङ्ग नगर्न सकिन्छ । बाँकी ४ महिना दैनिक केही घण्टाको मात्रै समस्या हो । त्यसको व्यवस्थाापनको तयारी भइरहेको छ । यसबारेमा नेपाल विद्युत प्राधिकरणका प्रमुख दिनरात नभनी खटीरहनु भएकाले त्यो सम्भव छ भनेर हामीले उपत्यकालाई अन्धकारबाट मुक्ती दिलाउन प्रयास गरिरहेका छौं ।
लामो समयदेखि लोडसेडिङ्ग खेप्न बाध्य उपत्यकाले लोडसेडिङ्गमुक्त हुँदा राहतको महसुस गरिरहेका छन् । यो कार्य सधैभरि जारी रहन्छ भनेर कसरी विश्वास गर्ने ?
– यो त उपभोक्ताले महसुस गरिरहेको विषय हो । उपत्यकामा दसंै, तिहार र छठपछि प्राधिकरणले लोडसेडिङ्ग गरेको छैन् । यसलाई निरन्तरता दिइरहेका छौ । केहि प्राविधिक समस्याबाहेक हामीले उपत्यकामा लोडसेडिङ्ग नगर्नु भन्दा अरु विश्वास अरु के हुन सक्छ ? उपत्यकाबासी मात्र नभएर देशभरका नागरिक पनि खुसी छन् । हामीले लोडसेडिङ्ग नगर्नु नै विश्वासको आधार हो ।
प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ्गको रणनीतिमा यो सम्भव भएको भनिन्छ नि ?
– मन्त्रालयको पुरै टिम र प्राधिकरणको पूरै टिम वर्कको कारणले यो सम्भव भएको हो । टिम मिलेपछि जस्तोसुकै कार्य पनि गर्न सकिने रहेछ भन्ने यो पछिल्लो समयको गतिलो प्रमाण हो । घिसिङ्गलागयत सबैको नयाँ रणनीतिबाट यो सम्भव भएको हो ।
सरकारले भारतबाट विद्युत आयात गरेर लोडसेडिङ्ग नगराएको हो भन्ने हल्ला छ नी ? यसमा कति सत्यता छ ?
– मैले माथि नै भनीसके विद्युत चुहावट नियन्त्रण, मर्मतसम्भार र त्यहाँभित्रको अनियमिततालाई न्यूनीकरण गरेकाले सम्भव भएको हो । भारतबाट महँगोमा विद्युत किन्ने अनि स्वदेशबाट सस्तोमा विद्युत बेच्ने पक्षमा सरकार छैन् ।
त्यही मन्त्रालय हो, त्यही विद्युत प्राधिकरण हो अहिले त्यही ठाउँमा पुगेका ब्यक्तिले गर्न सक्ने पहिलेका ब्यक्तिले किन गर्न सकेनन् ? कि देशमा राष्ट्रिय गौरवका ठूला हाईड्रोपावर निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिए त ? त्यो पनि होइन भने कसरी सम्भव भयो ? आम सर्वसाधारणले बुझ्ने भाषामा बताइदिनुस न ?
– मैले केहि गरेको होइन, त्यहाभित्रको आर्थिक अनियमितता, कर्मचारीको ब्यवस्थापन, पूर्वाधार ब्यवस्थापनलागयतका कार्य गरेका छौ । त्यो भन्दा महत्वपूर्ण कुरा हामीले निस्वार्थ हिसावले काम गरेका छौ र त्यहाभित्रका भष्ट्रहरुलाई निमूल पारेका छौ । यिनै कारणले हामीले यो सम्भव तुलाएका हौ । यसमा अरु कुनै आश्चर्य मान्नु पर्ने कारण छैन् ।
अहिलेको मन्त्रीमण्डलमा सबैभन्दा चर्चामा ऊर्जा मन्त्रालय छ । ऊर्जा मन्त्रीको जिम्मेवारी समालेपछि तपाईले एकाएक काठमाडौ उपत्यकालाई लोडसेडिङ्गमुक्त गराएपनि कतिपयले यो सस्तो लोकप्रियताका लागि गरेको पनि भन्छन् नि ?
– त्यो त जनताले महसुस गर्ने कुरा हो । हामीले व्यवस्थापनमा सुधार ल्याउँदा त्यसको प्रभाव छिटो देखिएको छ । विगतमा व्यवस्थापनमा भएको कमजोरीका कारण मुलुकमा चाहिने भन्दा धेरै लोडसेडिङ्ग हुँदै आएको थियोे । अहिले त्यसमा सुधार गरिएको मात्र हो । विद्युको आपूर्ति व्यवस्थापन अहिले व्यापाक सुधार भएकोे छ । यसलाई अझै थप प्रभावकारी रूपमा व्यवस्थापन गर्दैछौ । कसले के भन्छ भन्दा पनि हाम्रो मुख्य कार्ययोजना जनतालाई अनुभूती हुनेगरी काम गर्नु नै हो ।
देशमा विद्युत चुहावट निकै छ भनिन्छ । विद्युत चुहावट नियन्त्रण कार्यलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
– हामीले अभियानकै रूपमा विद्युत चुहावट नियन्त्रणलाई अगाडि बढाइरहेका छौ । सबैभन्दा बढी चुहावट हुने क्षेत्र तराईमा पनि यसलाई अभियानका रुपमा लगिरहेका छौं । प्राधिकरणको तथ्यांकअनुसार त्यहाँ ६० प्रतिशतको हाराहारीमा विद्युत चुहावट र उपत्यकामा १० प्रतिशत छ । त्यसलाई केहि समयभित्रै न्यूनीकरण गरि छाड्ने हामीले अठोट गरेर अभियान चलाएको जानकारी गराउन चाहान्छु ।
उपत्यका लोडसेडिङ्गमुक्त भयो तर मोफसलको अवस्था कस्तो छ ?
– हामीलाई सबै ठाउँबाट धन्यवाद र प्रशंसा भइरहेको छ । विभिन्न क्षेत्रका मानिसहरु खुसी छन् । जस्तो ब्यापार ब्यवसाय गर्नेहरुले हामीले अझ ठूलो स्केलको ब्यापार गर्नुप¥यो भन्ने अनुरोध पनि गरिरहनु भएको छ । त्यस्तै उपत्यकाबाहिरबाट पनि धेरैको सुझाव लोडसेडिङ्गमुक्त गराउनुप¥यो भन्ने सल्लाह आइरहेको छ । हामी त्यसका लागि पनि लागिरहेका छौ । हामी आशा गरौ देशभर छिटै लोडसेडिङ्ग अन्त्य हुन्छ ।
यी त तत्कालीन कार्य भए, मन्त्रालयले दीर्घकालीन ऊर्जा संकट निवारणमा के कस्तो रणनीति तथा कार्ययोजना तय गरिरहेको छ ?
– नेपालको जल, जमिनका साथै प्राकृतिक स्रोत र साधनको समुचित विकास नगरी नेपालको विकास सम्भव छैन् । मन्त्रालयले ऊर्जा संकटको लागि नेपालसँग भएका स्रोत र साधनलाई भरपुर उपयोग गर्ने, त्यसले पनि नपुगे सरकारी संस्थासँग ऋण लिएर स–साना योजना पनि उत्पादन गदै लग्नुपर्ने खाँचो छ । त्यसले नै नेपालको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्छ । नेपालको पानीमा जनताको लगानी बढाउने अभियान अगाडि सार्दै कार्ययोजना बनाएर उत्पादन क्षमतालाई बढाउने रणनीतिमा लागिपरेका छौ ।
अन्त्यमा……………………………………..?
– भक्तपुर न्यूजडटकममार्फत आफना विचार राख्ने अवसर दिनुभएकोमा भक्तपुर न्यूज परिवारलाई धन्यवाद दिर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *